मुन्धुम पर्यटकीय क्षेत्रको संक्षिप्त

SHARE:

  • सञ्जय सिञ्जाली मगर

मध्यपहाडी लोकमार्ग रुपमा पहिचान गरिएको मुन्धुम ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय पदमार्गको रुपमा परिचित भएको छ । पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले नेपालको घुम्नैपर्ने १ सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट गरिसकेको छ ।

यो नयाँ गन्तव्यको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले गरेको हो । भोजपुर र खोटाङ्गको सीमानामा पर्ने ३ हजार १ सय ६५ मिटरको टेम्के डाँडा क्षेत्रबाट शुरु हुने पदयात्रा ३ हजार ३ सय ५० मिटरको मैयुङ डाँडा, ४ हजार १ सय ५५ मिटरको सिलिचुङ डाँडा हुँदै ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी पुग्न सकिने छ।

करिब १ सय किलोमिटर दुरीको यो पदमार्ग पूरा गर्न २ साताजति लाग्ने बताइन्छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरु रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्धुम’ मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम मुन्धुम रहन गएको सुनिन्छ ।

हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउने पर्यटकहरुका लागि डाँडैडाँडा थकानको महसुस समेत नहुने गरी हिँडिरहुँ लाग्ने यो पदमार्गबाट सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, लगायतका ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । ३३ वटा हिमश्रृंखला र तराईको भूभाग यसै क्षेत्र देखि अवलोकन गर्न सकिने छ ।

ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाको शीरैशीर दर्जनौ‌ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जंगल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर माहुरी र विभिन्न जंगली जनावरहरु रमाई रहेको देख्न पाउँदा अझै यात्रालाई शसक्त्त रुपमा रोमणीय बनाईदिन्छ ।

सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गरेका थिए । मध्यपहाडी सडक सञ्जालसँग जोडिएको यो पदमार्ग ‘भर्जिन’ भएको तथा दिक्तेल र भोजपुरबाट हवाइमार्ग हुँदै सहजै पुग्न सकिने क्षेत्र भएकाले पर्यटकहरुलाई आवागमनमा थप सहज बन्ने निश्चित छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!