नवनियुक्त नेपाली राजदुत घिमिरेलाई स्वागत

SHARE:

 

बेलायत – शुक्रवार २१ फेब्रुरी २०२५ का दिन नेपाल पत्रकार महासंघ (एफएनजे) युकेले बेलायतका लागि नवनियुक्त नेपाली राजदुत चन्द्र कुमार घिमेरे र उनका धर्मपत्नी सरिता न्यौपाने घिमिरेलाई नेपाली राजदूतावास लण्डनमा स्वागत गरेको छ।

स्वागत कार्यक्रममा एफएनजे युकेका अध्यक्ष बिमला सेनेलगायत उपस्थित सम्पूर्ण पत्रकारहरुले महामहिम घिमिरे र सरिता घिमिरेसामु आ-आफ्नो परिचय दिएका छन् ।

परिचयकोक्रममा पत्रकारहरुले दिएको सल्लाह सुझावहरुलाई राजदुत घिमिरेले सकरात्मक रुपले लिएको बताए। उनले विदेशमा रहेर पत्रकारिता गर्न त्यति सहज नभएता पनि पत्रकारहरुले पत्रकारिता क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्दै पत्रकार र पत्रकारिताको दस्तावेजीकरण गर्न सुझाएका छन् ।

स्वागत कार्यक्रममा एफएनजे युकेका अध्यक्ष बिमला सेने, संस्थापक अध्यक्ष नविन पोख्रेल, पुर्वअधक्ष नरेश खपांगी मगर, केन्द्रिय प्रतिनिधि दुत पुन मगर (चिम्खोले काईला) बरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिब भण्डारी, महासचिब खेमराज रानाभाट, सचिब विश्वासदीप तिगेला, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सदस्यहरु बम थापा शुर्यवंशी मगर, गोमा राना मगर, नगेन्द्र नेम्वाङको उपस्थिति रहेको थियो।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!