गोर्खा आन्दोलन र जिटुजी वार्ता नै प्रभावित पार्ने खालका प्रचार गरिएकोप्रति गेसोको आपत्ति

SHARE:


लन्डन २४ फेब्रुअरी २०२५। गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले संस्थापक सभापति पदमबहादुर गुरुङले संगठनको आधिकारिक ध्येय र उद्देश्यलाई विथोल्ने किसिमका अनर्गल हल्ला, आरोप, भ्रमपूर्ण अभिव्यक्ति तथा अल्टिमेटम् (चेतावनी) दिएको भन्दै घोर भर्त्सना गरेको छ ।

महासचिव नर हाङ राईले शनिबार विज्ञप्ति जारी गर्नुहुँदै सिंगो गोरखा आन्दोलन र जिटुजी गोरखा वार्तालाई नै प्रभावित पार्ने किसिमका संस्थापक सभापति गुरुङको व्यक्तिकेन्द्रित स्वार्थ गतिविधि र अभिव्यक्तिप्रति गेसोको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘गोरखा भूतपूर्व सैनिक संघ (गेसो) संस्थागत रुपमा सधै गोरखा भूपू सैनिकहरुको हक, हित र अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको छ । संगठनको आधिकारिक ध्येय र उद्देश्यलाई विथोल्ने किसिमका अनर्गल हल्ला, आरोप, भ्रमपूर्ण अभिव्यक्ति तथा अल्टिमेटम् (चेतावनी) प्रति गेसो घोर भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,’पदमबहादुर गुरुङद्वारा सिंगो गोरखा आन्दोलन र जिटुजी गोरखा वार्तालाई नै प्रभावित पार्ने किसिमका व्यक्तिकेन्द्रित स्वार्थ गतिविधि र अभिव्यक्तिप्रति गेसोको गम्भिर ध्यानाकर्षण भएको छ ।’

महासचिव राईले हाल संस्थाको कुनै पनि जिम्मेवारीमा नभएको व्यक्तिबाट आएको अभिव्यक्ति र भएका गतिविधि गैरजिम्मेवारी र अराजकताको पराकाष्ठा भएको बताएका छन् । ‘गुरुङ गेसोका संस्थापक सभापति थिए । वर्तमानमा उहाँ संस्थाको कुनै पनि जिम्मेवारीमा नभएकोले उहाँबाट व्यक्त भएका हालका भनाई, गतिविधि वा अभिव्यक्तिहरु हाँस्यास्पद, गैरजिम्मेवारी र अराजक्ताको पराकाष्ठा हो,’ विज्ञप्तिमा लेखिएको छ ।

गेसोका वर्तमान कार्यसमितिमा रहेकाहरुले स्थापनाकालमा साथ दिएको स्मरण गराउँदै महासचिव राईले अभिभावकत्वको भूमिका निर्वाह गर्न संस्थापक गुरुङलाई अपिल समेत गरिएको छ । ‘हामीले पदमबहादुर गुरुङलाई पाइलट बनाएर जहाज उडाई उच्चाईमा पुर्‍याउन हृदयदेखि नै २०५३ सालबाट कृष्णकुमार राई, महेन्द्रलाल राई, पुरञ्जन राई, नरेन्द्र राई, जीतबहादुर राई, मणि किरात बान्तवा, नर हाङ राई, देव गुरुङ, गजेन्द्र इस्पो, फानसिं थापा, धनपाल राई, विष्णु गुरुङ, हर्क बहादुर पुन, देवीमाया पुन, भक्तबहादुर गुरुङलगायतका हामी अहोरात्र लागि परेर जहाजलाई उचाईसम्म पुर्‍याएकै हो । कृष्णकुमार राई को-पाइलट बनेर रातदिन साथ दिनु भएकै हो । को-पाइलटलाई जहाज ल्याण्ड गराउन जिम्माचाहिँ दिने व्यवहारमा सुन्दै आएको उखानजस्तै बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुले बनाएको पनि भत्काउँछ भन्ने उखानलाई पुष्टि गरेको छ,’ विज्ञप्तिमा छ, ‘यस्ता कटुतापूर्ण चरित्रप्रति खेदप्रकट गर्दै आउने दिनहरुमा अभिभावकत्व भूमिका निर्वाह गरेर जहाज ल्याण्डिङ गराउन साथ, सहयोग दिनको लागि गेसो, पदमबहादुर गुरुङसँग अपिल गर्न चाहन्छ ।’

गेसोले सबैलाई संयमित रहन, अराजक र भ्रम फैलाउने व्यक्तिबाट होसियार रहन, सिंगो गोरखा वार्तालाई सफल बनाउनेमा केन्द्रित हुन तमाम गोरखा समुदाय र सर्वसाधारणसमक्ष विज्ञप्तिमार्फत अपिलसमेत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!