राष्ट्रियताका लागि गोर्खा समुदायको योगदान महत्त्वपूर्ण छ : प्रदेश प्रमुख भट्ट

SHARE:


गण्डकी ७ मार्च २०२५ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विश्वसामु नेपाललाई चिनाउन वीर गोर्खाली सैनिकको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

भारतीय ब्रिटिश तथा सिङ्गापुर गोर्खा पुलिसका समुदायबाट विसं २०६६ मा स्थापित गोर्खा कम्युनिटी पोखराद्वारा शुक्रबार यहाँ आयोजित तेस्रो संस्करणको गोर्खा मेलाको उद्घाटन गर्दै उनले राष्ट्रियता संरक्षणका लागि गोर्खा समुदायले दिएको योगदान महत्त्वपूर्ण रहेको धारणा राखे ।

वीर गोर्खालीका कारण नेपाल कहिल्यै कसैको उपनिवेश हुन नपरेको बताउँदै भट्टले विदेशी मुद्रा आर्जनको स्रोत गोर्खा सैनिकहरू रहेका बताए । बेलायती र भारतीय सेना तथा सिङ्गापुर प्रहरी फौजमा गोर्खाली सैनिकले गरेको लामो र अति विशिष्टिकृत सेवाले यी मुलुकहरूसँग शताब्दीऔँ लामो मित्रताको आधार बन्नु महत्वपूर्ण उपलब्धिका रूपमा रहेको उनले उल्लेख गरे ।

गोर्खा सैनिकहरूले जीवनका उर्जाशील वर्षहरूलाई विदेशी भूमिमा विभिन्न ओहदामा खर्चेर अवकाश प्राप्त गरी मातृभूमि नेपालमा फर्केर आफ्नो सीप र दक्षतालाई आयमूलक काम र सामाजिक योगदानमा समर्पित गरिरहेका उनले बताए ।

शताब्दीदेखि ब्रिटिश र भारतीय सेनाका लागि गरिएको योगदान र बलिदानीको सम्मान गरी कुनै भेदभावविना समान सेवा सुविधा प्रदान गर्दै आफ्नो मुलुकको सुरक्षामा गरेको योगदानको कदर गर्नुपर्नेमा प्रमुख भट्टले जोड दिए । विदेशी मुद्रा आर्जन र व्यापार घाटामा ठूलो योगदान पुर्‍याउँदै आएको भूपू गोर्खा सैनिकको पैतृक र आर्थिक सम्पत्ति विदेश पलायन हुन नदिन राज्य पनि सचेत रहनुपर्ने उनको भनाइ छ ।

उनले विदेशमा कमाएको धन र सिकेका सीपलाई नेपाली माटोमा परिचालन गरी आत्मनिर्भरताको मार्गमा हिँड्न प्रेरित गरेकामा गोर्खा कम्युनिटीप्रति आभार व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!