सीएनसीबीजीले शनिबार सांसद र संविधानविदहरुसंग अन्तरक्रिया गर्ने ।

SHARE:

लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) को मागअनुसार ब्रिटिस गोर्खा र निजका सन्ततिहरुका वंशजको नेपाली नागरिकता निरन्तरता हुनुपर्छ भन्दै अभियान चलाउदै आएको छ। सो सन्दर्भमा सीएनसीबीजीले संसद्‍मा संशोधनको प्रस्ताप दर्ता गराउने भएको छ।

उक्त संशोधन लागि सांसद मेटमणि चौधरी,राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा,राष्ट्रियसभाका सांसद सुरेश आलेमगर साथै वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा.चन्द्रकान्त ज्ञवालीसँग शनिबार ८ मार्च २०२५ (अर्थात् २०८१ फागुन २४ गते शनिबार) जुममार्फत अन्तरक्रिया गर्न लागेको छ ।

सीएनसीबीजीले नेपाली नागरिकता ऐन २०६३को दफा १० उपदफा १ मा यदि कुनै नेपाली नागरिकले आफू खुसी अन्य कुनै मुलुकको नागरिकता प्राप्त गरेमा निजको नेपाली नागरिकता स्वत: खारेज हुने व्यवस्था रहेको छ । त्यसपछि: तर, उक्त ऐनको दफा १० उपदफा १ सन् १९४७ नोभेम्बर ९ तारिख नेपाल, बेलायत र ईन्डियाबीच भएको त्रि-पक्षीय सन्धिअन्तर्गत भर्ती भएका गोर्खा र निजका सन्ततिहरुका निम्ति भने लागू हुने छैन । तसर्थ: बेलायतका नागरिकता प्राप्त गरेका भए पनि गोर्खा र निजका सन्ततिहरुका वंशजको नेपाली नागरिकता अविछिन्न (निरन्तर) रहने छ । भन्ने व्यवस्था गर्न माग अघि सारेको छ ।

कार्यक्रम नेपाली समय बेलुकी ५ बजे (लण्डन समय बिहान ११:१५) बजे हुनेछ । मिटिङमा हाल संसद्‍मा सीएनसीबीजीको मागबारे के भइरहेको छ र राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले के गरिरहेको छ भन्ने जानकारी पाउन र आफ्नो मनमा लागेको कुराहरुको प्रश्न पनि सोध्न पाउने सीएनसीबीजी महासचिव भक्त रानाले बताए । उनले समयमै उपस्थित हुन सरोकारवालालाई अनुरोध गरेका छन् ।

Join Zoom Meeting
https://us06web.zoom.us/j/88413962838…
Meeting ID: 884 1396 2838
Passcode: 211534

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!