लन्डन। सनिवार ८ मार्च २०२५ का दिन खर्क बहादुर पुन मगरको नेतृत्वमा मगर संघ युके पलमस्टेड शाखाको नयाँ कार्यसमिति चयन भएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा चेत बहादुर राना मगर, सचिबमा, कमल राना मगर, सहसचिबमा देब रानामगर, कोषाध्यक्षमा, कोमला देबी थापा मगर, सहकोषाध्यक्षमा लोकेन्द्र राना मगर, सांस्कृतिक सचिबमा जित थापा मगर, सांस्कृतिक सहसचिबमा, जितपानी राना मगर, खानपिन सचिबमा धन बहादुर थापा मगर, खानपिन सहसचिबमा बार्मान रोका मगर, सदस्यहरुमा तुक माया थापा मगर, गयन्द्र थापा मगर, यम बहादुर थापा मगर र अस्मिता थापा मगर, बिरमाया पुन मगर, हिरा राना मगर, चित्र राना मगर र जित कुमारी थापा निर्वाचित भएका छन।
निर्वाचन मण्डलमा मगर संघ युके पलमस्टेड शाखाका पुर्वअध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त धन बहादुर थापा मगर र सदस्यहरुमा सल्लाहकार हेमा थापा मगर र पुर्व अध्यक्ष बिसन थापा मगर थिए। नवनिर्वाचित अध्यक्ष खर्क पुन मगरलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिहरुलाई धन बहादुर थापा मगरले सपथ ग्रहण गराएका छन ।

अधिवेशनको पहिलो चरणमा आपतकालीन अवस्थाको वारेमा सूचाना, आसन ग्रहण, दिप प्रज्वलन, स्वागत मन्तब्य तथा सुभकामना मन्तब्य दिएपछि संगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्। संस्थाको संगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन सर्वसम्मतबाट पारित भएको छ।
पहिलो चरणको कार्यक्रममा मगर संघ युके पलमस्टेड शाखाका अध्यक्ष डब्ल्यूओटु दल प्रसाद थापा मगरले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर थिए भने कार्यक्रम सचिब चेत राना मगरले संचालन गरेका थिए।
अधिवेशनको दोस्रो चरणमा निर्वाचन मण्डलले निर्वाचनको प्रक्रिया अनुसार नयाँ कार्यसमिति चयन गरेका छन्।








