नेपालका वनमन्त्री शाहीसँग र बेलायती राजदूतको शिष्टाचार भेट

SHARE:


काठमाडौँ ११ मार्च २०२५ । नेपालका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि सयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले शिष्टचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र बेलायतबीचको द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री शाहीले भोलिदेखि हुने आफ्नो लण्डनको भ्रमण बारेमा राजदूतसँग छलफल गरेका थिए । साथै उनले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न सगरमाथा संवादको बारेमा राजदूतलाई जानकारी गराएका थिए ।
भेटवार्तामा राजदूत फेनले सगरमाथा संवादले जलवायुका क्षेत्रमा विश्वलाई नयाँ सन्देश दिने बताएका थिए । नेपालले उठाएको हिमालका विषयमा बेलायत सरकार सकारात्मक रहेको राजदूतको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!