फ़ोक्सटोन नेपाली कम्यूनिटीका अध्यक्ष क्याप्टेन राम बहादुर पुन मगर “फ़ोक्सटोन टाउन मेयर कम्यूनिटी अवार्ड २०२५” द्वारा सममानित भएका छन्। अध्यक्ष पुन यस भन्दा पहिला फ़ोक्स टोन टाउन काउन्सीलबाट “Armed Forces Covenant Community Champion Award 2022” द्वारा सम्मानित भैसकेका छन्।
उक्त अवार्ड मंगलवार ११ मार्च २०२५ को दिन फ़ोक्सटन टाउन काउन्सिलको टाउन हलमा आयोजन गरिएको थियो। क्याप्टेन पुनले फ़ोक्सटोन टाउन काउन्सिलको सामाजिक सेवामा बिशेष योगदान दिएवापत मेयर अबेना अकुफो-केलीले उक्त अवार्ड प्रदान गरेकी छिन् ।
क्याप्टेन पुन मगर संघ युकेका ट्रस्टी, बिधान समितिका संयोजक, केन्ट शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार हुन् भने पुन मगर समाज युकेका सल्लाहकार र बाग्लुङ समाज युकेका सल्लाहकार समेत हुन्।






