एनआरएनए एकता अधिवेशनमा निमन्त्रणा

SHARE:

 

गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा अल्डरसटमा गर्न लागेको एकताको अधिवेशनमा बेलायतवासी बुद्धिजीवी, प्रबुद्धवर्ग र बेलायतमा स्थापित संघ संस्थाका पदाधिकारीहरुलाई आमन्त्रण गरेको छ ।

एनआरएनएभित्रको सबै मतभेद अन्त्य गरि संघलाई लयमा फर्काउन सम्मानित सर्वोच्च अदालतले २०८० चैत २१ गते एकताको महाधिवेशन गर्न आदेश दिएपछि उच्चस्तरीय समितिले काठमाडौंमा ३ देखि ५ मेमा र हामीले समितिकै निर्देशनमा २३ मार्च २०२५ मा बेलायतमा एकता अधिवेशन गर्न लागेका हौं भनेको छ ।

द प्यालेस हलमा अधिवेशन शुरु अघि सबैजना प्रिन्सेस गार्डेनस्थित प्रथम भिसी कुलवीर थापाको सालिक अगाडि ११ बजे बिहान भेला भएर पन्चेबाजासहित पाइपरका साथ वंशजको नेपाली नागरिकताको अभियान शुभारम्भ गरेर हलतिर द प्यालेस प्रवेश गर्नेछौं । यस क्षण महत्वपूर्ण भएकाले तपाईं र तपाईंको संस्थाबाट कोही प्रतिनिधि पठाइदिनु हुन पनि आग्रह गरेको छ ।

हाम्रो अधिवेशनका लागि नेपालबाट एनआरएनए उच्चस्तरिय समितिका संयोजक डा. शेष घले र वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपाने सहभागी हुने पक्का भएको जानकारी दिएको छ ।

वंशजको नेपाली नागरिकता निरन्तरतालाई मुख्य एजेण्डा बनाएर हामीले एकता अधिवेशन गर्न लागेका हौं । यसमा कुनै व्यक्तिगत स्वार्थ लुकेको छैन् । त्यसकारण एनआरएनएको गरिमा पुनः स्थापित गर्न र हाम्रा वंशजको नागरिकता माग पुरा गराउन पनि अधिवेशनमा तपाईं र परिवारको सहभागिताका लागि निमन्त्रण गर्दछौं भनिएको छ ।

सदस्यता नवीकरणका लागि कसरी आवेदन दिने?

यदि तपाईंले अहिलेसम्म सदस्यता नवीकरण वा नयाँ दर्ता गर्नुभएको छैन भने कृपया http://www.nrnahlc.com मा गएर आफ्नो सदस्यता आवेदन दिनुहोस् भनिएको छ ।

यदि तपाईं एनआरएनए यूकेको members.nrnauk.org अघिल्लो कार्यकालमा सदस्यता लिइ सक्नु भएको छ भने तपाईंको सदस्यता समयमै स्वतः नवीकरण हुनेछ र २३ मार्च २०२५ मा हुने NRNA UK चुनावमा मतदान गर्न योग्य हुनु हुनेछ।

निर्वाचन तालिका हेर्न तलको लिंकमा क्लिक गर्नु होला https://www.nrnauk.org/unity-convention/

कृपया आउंदो २० मार्चभित्र अधिवेशनमा सहभागिता हुने नहुने कन्फर्म गरिदिएर खाना व्यवस्थापनमा सहयोग गरिदिनु भएमा निकै आभारी हुने छौं भनेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!