बेलायत – तमु कलाकार सांस्कृतिक मंच युकेको चौथो रोधी साँझ २०२५ भब्यरुपमा सम्पन्न भएको तमु कलाकार सांस्कृतिक मंच युकेका प्रमुख सल्लाहकार एकिन्द्र गुरुङले जानकारी दिएका छन्। चौथो रोधी साँझ २०२५ सुक्रवार १५ मार्च २०२५ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको छ।
तमु कलाकार सांस्कृतिक मंच युकेले रोधी साँझ संचालन गर्नको मुख्य उद्धेश्य तमुहरुको भाषा, संस्कार संस्कृति, साहित्य कला, गीत संगीतको संरक्षण र प्रवर्दन गर्नु रहेको छ। तमु कलाकार सांस्कृतिक मंच युकेले रोधी साँझ हरेक दुइ बर्षमा संचालन गर्ने गर्दछ ।
रोधी साँझको पहिलो चरणमा सुरक्षा सम्बन्धि जानकारी, आसन ग्रहण र दीप प्रज्वलन गरेर औपचारिक कार्यक्रम शुरु गरेका थिए।
औपचारिक कार्यक्रम तमु कलाकार सांस्कृतिक मंच युकेका अध्यक्ष पदम राज गुरुङ, प्रमुख सल्लाहकार एकिन्द्र गुरुङ, विशेष अतिथिहरु गैर आवसीय नेपाली संघ युकेका अध्यक्ष हितकाजी गुरुङ, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु पे ल्हु संघ युकेका कार्यवाहक अध्यक्ष डमर गुरुङ, तमु समाज युकेका अध्यक्ष बिना गुरुङ र तमु फोरम युकेका अध्यक्ष क्याप्टेन राजु गुरुङले संयुक्तरुपमा दीप प्रज्वलन गरेर शुरु गरेका थिए।
अध्यक्ष पदम राज गुरुङले अध्यक्षता गरेको औपचारिक कार्यक्रममा संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक सुर्य गुरुङले स्वागत मन्तब्य राखेका थिए भने सचिब सुसिल गुरुङले संचालन गरेका थिए। बिशेष अतिथिहरु हितकाजी गुरुङ, जुमकाजी गुरुङ, डमर गुरुङ, बिना गुरुङ र क्याप्टेन राजु गुरुङले शुभकामना मन्तब्य राखेका थिए।
रोधी साँझको दोस्रो चरणमा नेपालबाट आमन्त्रण गरेका कलाकारहरु सबिना गुरुङ, सितल गुरुङ, हरिमाया गुरुङ र स्थानीय कलाकारहरुले आ-आफ्नो प्रस्तुति बेजोडले पस्केका थिए भने समयको अभाबले स्थानीय कलाकारहरुले तयार गरेका केहि सामग्रीहरु प्रस्तुत गर्न असमर्थ भएको आयोजकले बताएका छन्। ।
अध्यक्ष पदम राज गुरुङले चौथो रोधी साँझ भब्यरुपमा सफल पारिदिएकोमा सम्पूर्ण कलाकारहरु र उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिएका छन्।






