महेन्द्र आले – बेलायत।
ग्रेटर रेडिङ नेपाली समाजले १३ अप्रिल २०२५ का दिन “नयाँ वर्ष शुभकामना साँझ २०८२” साउथ रेडिङ कम्यूनिटी हलमा आयोजना गर्ने भएको समाजका अध्यक्ष भीमसेन खड्काले जानकारी दिएका छन्।
नयाँ वर्ष शुभकामना साँझमा लोक तथा दोहोरीका स्वरसम्राट राजु परियार र चर्चित दोहोरी गायिका शिला आले बेलायत आउने पक्का भएको ग्रेटर रेडिङ नेपाली समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बालकृष्ण दाहालले अबगत गराएका छन्।
नयाँ वर्ष शुभकामना साँझमा सुनगाभा प्रत्यक्ष दोहोरी, चिल्डेरेन ट्यालेण्ट सो लगायत नेपाली भाषा, कला संस्कृती झल्काउने नृत्य स्थानिय कलाकारहरुले प्रस्तुत गर्ने छन्।
अध्यक्ष खड्का र संयोजक दाहालले नेपाली नयाँ वर्ष धुमधामकोसाथ मनाउन बेलायतवासी सम्पूर्ण नेपाली दाज्युभाइ तथा दिदीबहिनीहरुलाई अनुरोश गरेका छन्।






