लन्ड ६ अप्रिल २०२५ । बेलायतमा अप्रिल २६ मा १६ औं यलम्बरहाङ कप-२०२५ नाइन-ए साइड फुटबल टुर्नामेन्ट हुने भएको छ ।
किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा यलम्बरहाङ कप हुन लागेको हो । मेडिस्टोनस्थित केवाईसी यूके चुम्लुङदेनमा बिहान ९ देखि बेलुकी ७ बजेसम्म हुने खेलमा मेन टीम, भेट्रान टीम, सिनियर भेट्रान र लेडिज टिम विधामा प्रतिस्पर्धा हुने छन् ।
विभिन्न क्याटगोरीका विजेता र रनरअपले ट्रफीसहित नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । मेन टीमका विजेताले १ हजार पाउन्ड र रनरअपले ५ सय पाउन्ड, भेट्रान र सिनियर भेट्रान टिमका विजेता, उपविजेताले क्रमश: ६/६ सय र ३/३ सय पाउन्ड पुरस्कार हात पार्ने छन् । यस्तै महिला टीमका विजेताले १५० र उपविजेताले १०० पाउन्डसहित ट्रफी पुरस्कार पाउनेछन् ।
मेन, भेट्रान र सिनियर भेट्रान टीम दर्ताका लागि २२० पाउन्ड र महिलाका लागि टीम दर्ता शुल्क ५० पाउन्ड तोकिएको छ । टीम दर्ता अप्रिल २१ मा सकिने र २४ अप्रिलमा टीम ड्र गरिने आयोजकले जनाएको छ ।
टुर्नामेन्ट संयोजक उपाध्यक्ष शान्त हुक्पा चोङ्बाङ र सहसंयोजकहरुमा उपाध्यक्ष राजेन लाबुङ र कोषाध्यक्ष खगेन्द्र लावती रहेका छन् ।






