शिवजी श्रेष्ठले नेपाली झन्डा फहराउदै साउथह्याम्प्टन म्याराथुन पुरा गरे।

SHARE:

 

शिवजी श्रेष्ठ – बेलायत।

मानवसेवा आश्रम नेपालको बि स २०८२ सालभित्र सडक मानव मुक्त नेपाल अभियानमा सहयोग पुर्याउन च्यारिटी गर्दै हिजो सम्पन्न बिश्व चर्चित साउथह्याम्प्टन म्याराथुन दौड पुरा गरेका छन्।

९००० भन्दा बढी धावकले भाग लिएको एबिपी साउथह्याम्प्टन म्याराथुन दौड मा ५ कि मि, १० किमि , हाफ म्याराथुन (२१ कि मि ), फुल म्याराथुन (४२ कि मि) दौड हरु समाबेश थिए। संसार भरका बिभिन्न देश बाट आएका धावकहरुले सो प्रतियोगितामा भाग लिएका थिए। बेलायतमा बसोबास गर्ने नेपालीहरु संगै नेपाल देखि आएका धावक बिमल गिरीले हाफ म्याराथुनमा भाग लिएका थिए।

सोहि प्रतियोगितामा फुल म्याराथुनमा भाग लिएका समाजसेवी शिवजी श्रेष्ठले सो दौड ३ घण्टा ५६ मिनेट र १७ सेकेन्डमा सम्पन्न गरेका थिए। मानवसेवा आश्रम नेपालको सहयोगार्थ च्यारिटी गर्ने उदेश्यले श्रेष्ठले सो दौडमा भाग लिएका हुन्।

दौड सम्पन्न गर्ने अन्तिम बिन्दुमा दर्शकको रुपमा उभिएकी श्रीमती उर्मिला श्रेष्ठको हातबाट नेपालको राष्ट्रिय झन्डा लिएर सो झन्डा फहराउदै श्रेष्ठले ”नेपाल’ नेपाल भन्दै आफ्नो दौड सम्पन्न गर्दा त्यहाँ उपस्थित सबैले तालि बजाएर हुटिंग गरेका थिए। दौड सम्पन्न गर्ने बित्तिकै उनलाई मानवसेवा आश्रम युकेका सहसंयोजक राजु आचार्य, सचिब यादव श्रेष्ठ , रमेश श्रेष्ठ लगायत उनका छोराहरु शुभाशिस र सुशान्तले खादा सहित स्वागत गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!