राजदूत घिमिरे र बेलायती सभामुख होयलविच शिष्टाचार भेट

SHARE:

लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले बेलायको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसंग मंगलवार ०८ अप्रिलको २०२५ को दिन वेष्टमिनिष्टर संसद भवनमा शिष्टाचार भेट गरेका छन् ।

होयलसंगको भेटमा राजदूत घिमिरेले बेलायती संसदको ऐतिहासिक भूमिका बारे प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका छन ।

नेपालको संसद समावेशी भएको स्मरण गराउंदै सभामुख होयलसमक्ष नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति राजदूत घिमिरेले आभार व्यक्त गरेका छन् ।

भेटमा राजदूतले उच्चस्तरीय भ्रमण र आदानप्रदानको महत्त्वमा जोड दिनुको साथै दुई देशबीचको दुई शताब्दी बढीको न्यानो र सौहार्दपूर्ण सम्बन्ध भएको स्मरण गराएका छन् । उनले नेपाललाई बेलायतबाट निरन्तर र अझ बढी सहयोगको आवश्यकतामाथि पनि प्रकाश पारेको दूतावासले बुधबार जनाएको छ ।


राजदूत घिमिरेले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट अपेक्षा गर्नुको साथै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, समृद्धिको आकांक्षा पूरा गर्न र २०२६ सम्ममा नेपाल अति कम विकासशील देश (एलडिसी) को दर्जाबाट ग्रयाजुएट भएपछि प्रगतिलाई दिगो बनाउन जोड गरेका छन् ।

भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावना व्यक्त गरेका छन् ।

सभामुख होयलले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मिल्ने क्षेत्रहरूमा सहयोग प्रदान गरिरहने विश्वास पनि व्यक्त गरेको दूतावासको विज्ञप्तिमा प्रकाशित गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!