एकता महाधिवेशनमा सहभागी हुन एनआरएनए यूकेको आग्रह

SHARE:

 

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एनआरएनए एकता महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र महासचिव जुरेन्द्र खजुम लिम्बुद्वारा बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिको संयोजनमा हुने एकता महाधिवेशनमा एनआरएनए यूकेका सम्पूर्ण सदस्यलाई सहभागिता जनाउन आग्रह गरिएको हो ।

विज्ञप्तिमा एनआरएनएको एमआइएस प्रणाली तथा वेवसाइटमा पहुँचका लागि विविध प्राविधिक सिमितता बाबजुद उच्च स्तरीय समितिको पोर्टलमार्फत सदस्यता दर्ता गराइसकेका सम्पूर्ण सदस्यलाई हार्दिक धन्यवाद पनि व्यक्त गरिएको छ ।

एनआरएनए यूकेले प्रमाणित सदस्यहरुले www.nrnahlc.com मा गई २०८१ वैशाख ९ गते (२२ अप्रिल २०२५) राति ११ः५९ बजेभित्र आफूलाई डेलिगेट (प्रतिनिधि) का रुपमा नामावलीमा सूचीकृत गराउन पनि अनुरोध गरेको छ । सदस्यता वा डेलिगेट प्रक्रियामा कुनै जिज्ञासा वा प्राविधिक समस्या भए एनआरएनए यूकेसंग सम्पर्क गर्न पनि भनिएको छ।

संघले एनआरएनए यूकेका सबै सदस्यहरुलाई एकतामा आधारित संघ निर्माणका लागि अग्रसर हुँदै काठमाडौं महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!