इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गानाइजेशन (जिजीओ) को ४३ सौं वर्षगाँठ २४ मे मा हुने

SHARE:

 

बेलायत। गत वर्षहरुमा झैँ इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गानाइजेशन (जिजीओ) ले यस वर्ष पनि सनिवार २४ मे २०२५ का दिन ४३ सौं वर्षगाँठ तथा वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त ४३ सौं वर्षगाँठ तथा वार्षिक भेटघाट कार्यक्रम बेलायतको फेल्थामस्थित टुडोर पार्क स्पोर्ट्स एण्ड लेजर सेन्टरमा आयोजना गर्ने इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गानाइजेशन (जिजीओ) का अध्यक्ष दिपक शेरचनले जानकारी दिएका छन्।

वार्षिक भेटघाट कार्यक्रममा नेपालका लोक तथा दोहोरी गीतका सम्राट राजु परियार र चर्चित लोक दोहोरी गायिका शिला आलेलाई आमन्त्रण गरिएको छ भने अन्य मनोरन्जनको लागि सन् १९८२ सालमा आधारभूत तालिमको दौडानमा मारुनी र फुरसुङ्गे भएर नृत्य गरेका नम्बरीहरुले आ-आफ्नो कला प्रस्तुत गर्ने भएको छ।

उक्त वर्ष गाँठको लागि शुल्क जनही £३० राखिएको छ भने एकल महिला, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र शारिरीक रुपले असक्तहरुका लागि निशुल्क हुने अध्यक्ष शेरचनले अबगत गराएका छन्।

अबत हाम्रो पनि मसानघाट आइजा-आइजा र घरले जा-जा भन्ने समय आएको छ त्यसैले बर्षको एक पटक आ-आफ्नो परिवार लिएर उक्त वार्षिक भेटघाटमा सहभागिता जनाइदिन अध्यक्ष शेरचनले आग्रह गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!