बेलायत। गत वर्षहरुमा झैँ म्याग्दी अर्गानाइजेशन युके (मोना युके) ले यस वर्ष पनि सनिवार २६ अप्रिल २०२५ का दिन नेपाली नयाँ वर्ष २०८२ तथा “मोना युके शुभकामना साँझ” को आयोजना गर्ने भएको छ।
उक्त मोना युके शुभकामना साँझको कार्यक्रम बेलायतको फार्नबोरोस्थित स्याम्युल कोडी स्पोर्ट्स कलेजमा आयोजना गर्ने मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरले जानकारी दिएका छन्।
वार्षिक भेटघाट कार्यक्रममा नेपालका लोक तथा दोहोरी कलाकारहरु आस्मा छन्त्याल, मिलन थापा मगर, यशोधा रोका मगर र लोकप्रिय लोक तथा पप गायक गगन पुनलाई आमन्त्रण गरिएको छ भने धौलागिरि नौमती बाजा, पुर्ख्यौली नृत्य, थाली नृत्यलगायत स्थानीय कलाकाहरुले आ-आफ्नो कला प्रस्तुति पस्कने भएको छ।
उक्त शुभकामना साँझको लागि शुल्क बयस्कका लागि जनही £२० राखिएको छ भने ६ देखि माथि १२ वर्षसम्मका बालवालिका र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको लागि £१५ राखिएको संस्थाका महासचिब मन्दिप जुग्जालीले अबगत गराएका छन्।
म्याग्दीबाट युरोप र बेलायतमा बसोवास गरेका म्याग्देली दाज्युभाई तथा दिदीबहिनीहरुलाई आ-आफ्नो परिवार लिएर उक्त मोना युके शुभकामना साँझमा सहभागिता जनाइदिन अध्यक्ष गर्बुजा मगरले अनुरोध गरेका छन्।






