गोर्खा कपको टिम इन्ट्री बन्द

SHARE:

लन्डन १४ अप्रिल २०२५ । गोर्खा कपको लागि टिम इन्ट्री खुलाएको एक हप्तामा मुख्य टिमतर्फ र भेट्रान टिमतर्फ दुवै विधाका तोकिएको संख्या तथा टिम पुरा भएकोले टिम इन्ट्री बन्द भएको तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले अबगत गराएका छन् ।

महिलातर्फ भने टिम इन्ट्री भने खुला नै रहेको छ । अध्यक्ष गुरुङले अबगत गराएनुसार यस वर्ष मुख्य विधामा ३२, भेट्रानमा १६ र महिलामा ४ टीमबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिगतका वर्षहरुमा झैँ यस वर्ष गोर्खा कप आइतवार २५ मे २०२५ का दिन अल्डरसटस्थित क्वीन्स एभिन्यूमा तय हुनेछ । मुख्य विधाका विजेताले ३ हजार पाउन्ड प्राप्त गर्ने छन् भने फस्ट रनरअपले १ हजार ८०० पाउन्ड पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै, भेट्रानका विजेताले १ हजार ५०० प्राप्त गर्ने छन् भने फस्ट रनरअपले १ हजार पाउन्ड प्राप्त गर्ने छन्। त्यस्तै महिलातर्फ विजेताले ६०० पाउन्ड प्राप्त गर्ने छन् भने फस्ट रनरअपले ४०० पाउन्ड पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छन् ।

यससँगै प्रतियोगिताको अन्य तयारीसमेत भइरहेको तमु धींले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!