एनआरएनए युकेले महत्वपूर्ण निर्णयहरु गर्दै प्रेस बिज्ञप्ति प्रकाशित

SHARE:

 

डा. कुल प्रसाद कंडेल

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको १३/०४/२०२५ मा सम्पन्न बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै प्रेस बिज्ञप्ति प्रकाशित गरेको छ। प्रकाशित प्रेस बिज्ञप्ति यस्तो छ।

“गैर आवासीय नेपाली संघ बेलायतले ०२५-०२७ कार्यकाल प्रभावकारी बनाउन विभिन्न विभाग गठन गरेको छ। संघको आइतबार आफनै कार्यालय फार्नबोरोमा सम्पन्न बैठकले १० वटा विभाग गठन गर्दै जिम्मेवारी तोकेको हो।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा भएको बैठकले च्यारिटी विभागको प्रमुख संयोजकमा उपाध्यक्ष अनिल मल्ल, गोर्खा विभाग प्रमुख संयोजकमा उपाध्यक्ष रिचर्ड गुरुङ र उपसंयोजकमा दीपक सुब्बा, विद्यार्थी विभागको प्रमुख संयोजकमा निशान पन्धक र उपसंयोजकमा दिवाराज राई, पब्लिक रिलेसन र सदस्यता विभागमा प्रमुख संयोजक उपाध्यक्ष धन तामाङ, हेल्थ विभागको प्रमुख संयोजकमा डा. ओसिन लिम्बु, उपसंयोजकमा शिमानी श्रेष्ठ, सुशासन तथा भष्टाचार निवारण (एन्टी करप्सन) विभागमा प्रमुख संयोजक कृष्णप्रसाद खतिवडा र उपसंयोजकमा एसके श्रेष्ठ, खेलकुद तथा सांस्कृतिक विभाग प्रमुख संयोजक झलक पुन, उपसंयोजकमा मेख गुरुङ (मेक्सी) र जानुका राई, सोसल मिडिया प्रमुख संयोजकमा गीता शाही केसी, महिला विभागमा प्रमुख संयोजक मणिकला राई गुरुङ र उपसंयोजकमा कल्पना कन्दङवा, विजनेश इन्टरप्रेनर प्रमुख संयोजक सुरेश केसी र उपसंयोजकहरुमा मणिकला राई र विजय गुरुङलाई जिम्मेवारी दिएको छ।

बैठकले संघको प्रवक्तामा डा. कुलप्रसाद कंडेल र दुई मनोनित सदस्यहरुमा एसके श्रेष्ठ एवं गीता केसी शाहीलाई मनोनित गर्ने निर्णय गरेको छ।

उक्त बैठकले जुलाईमा इंग्ल्याण्ड, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद गठन गर्ने निर्णय पनि गरेको छ ।

संघले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई अझ सशक्त बनाउन बेलायतमा राष्ट्रिय तथा स्थानीय स्तरमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ।

संघले वंशजको नेपाली नागरिकता कायम हुनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा समेत दायर गरेको अवस्थामा अन्तरक्रियालाई प्राथमिकतामा राखेको हो।

बैठकले दोश्रो एनआरएनए फुटबल कप प्रतियोगिता आउँदो अगष्ट १६ मा गर्ने निर्णय समेत गरेको छ। खेलमैदान पछि तय गरिने छ।

संघको प्रमुख सल्लाहकारमा आर के त्रिपाठीलाई थप्दै यसअघिको कार्यकालका सबै प्रमुख सल्लाहकार, प्रमुख संरक्षक डेभिड गुरुङ र सल्लाहकारहरु यथावत राख्ने निर्णय गरेको छ । केही सल्लाहकारहरु भविष्यमा थपिने संघले जनाएको छ।

सल्लाहकार, प्रमुख संरक्षक र सल्लाहकारहरुलाई ११ जुलाई शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरि प्रमाणपत्रसहित सम्मान गरिनेछ ।

आउँदो ३ देखि ५ मेसम्म काठमाडौंमा हुन लागेको संघको अन्तर्राष्टिय एकता अधिवेशनमा बेलायतबाट सकेसम्म धेरै सदस्यहरुको सहभागिता गराउन पहल गर्ने निर्णय पनि भएको छ ।

अध्यक्ष प्रेम गाहामगरले नयाँ टिमलाई प्रभावकारी रुपमा संघ सन्चालनका लागि गम्भीर बन्न निर्देशन दिंदै नयाँ वर्षको शुभकामना दिएका थिए ।

महासचिव जुरेन्द्र खजुमले सन्चालन गरेको बैठकमा वहुमत कार्यसमिति पदाधिकारी, सदस्यहरु एवं पर्यवेक्षक गरि तीन दर्जन सहभागी थिए।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!