बलयौन दुरुपयोगको आरोपित रामबहादुर बम्जनले पाए सफाइ

SHARE:


काठमाडौं १७ अप्रिल २०२५ । आफूलाई लिटिल बुद्ध भन्न रुचाउने बालयौन दुरुपयोगको आरोपित रामबहादुर बम्जन (रामलाल बम्जन)ले सफाइ पाएका छन् ।

उच्च अदालत जनकपुरका न्यायाधीशहरु नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बम्जनलाई चैत ६ गते नै फैसला गरेको उच्च अदालत जनकपुरका रजिष्टार सुशील यादवले जानकारी दिए । यसअघि जिल्ला अदालत सर्लाहीले आंशिक दाबी पुग्ने फैसला गरेको थियो । १० बालबालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति दिने फैसला सुनाएका थिए । यद्यपि यही मुद्दामा गुरु भन्ने जितबहादुर तमाङ र ताप्चेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जनलाई सफाइ दिएको थियो ।

२०७७ असार १८ गते सर्लाही जिल्ला अदालतमा दर्ता भएको मुद्दा २०८१ असार १७ गते आंशिक दाबी पुगेको फैसला गरेका थिए । त्यसपछि फैसलामा असन्तुष्टि जनाउँदै बम्जनले २०८१ असोज ४ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!