६ गोर्खा राइफल्स ए (गलिपोली) कम्पनिको दोस्रो भेटघाट २६ अप्रिलमा हुने

SHARE:

तर्क जंग गुरुङ – बेलायत।

६ गोर्खा राइफल्स ए (गलिपोली) कम्पनिको ३० वर्षपछी शनिबार २६ अप्रिल २०२५ का दिन बेलायतको अल्डरसटस्थित डि लन्ज रेस्टुरेन्टमा दोस्रो पटक वार्षिक भेटघाट हुने भएको छ । पहिलो भेटघाट भने गत वर्ष नोभेम्बरमा भएको थियो।

उक्त भेटघाटको संयोजकहरु अमृत गुरुङ, तर्क जंग गुरुङ, शान्त गुरुङ, मिन गुरुङ (साईला), सम गुरुङ र कुमार गुरुङले भेटघाट कार्यक्रममा सहभागी पुर्ब गलिपोली कम्पनीका सदस्यहरु तथा उनका परिवारहरुलाई संयोजकहरुले हार्दिक अनुरोध गरेका छन् ।

उक्त भेटघाट कार्यक्रममा बहुप्रतिभाशाली गायिका तथा डान्सर सबिना गुरुङले मनोरन्जन दिने भएको छ भने राफल ड्र, र राम्रा कार्य गरेका सदस्यहरुलाई सम्मान गर्ने जस्ता कार्यक्रमहरु समावेस गर्ने आयोजकले बताएका छन्।

उक्त कार्यक्रममा गलीपुलीको लडाइँमा प्राणको आहुति दिने सम्पूर्ण वीर गोर्खाली सेनाहरूको संझनामा गलिपुली लडाईको इतिहाँस प्रस्तुत गर्ने, बिगुलरले लास्ट पोस्ट खेलिसकेपछि दुइ मिनेट मौनधारण गर्ने र लास्ट पोस्ट समाप्त भएपछी फेरि बिगुलरले रिभाली खेल्ने संयोजक तर्कजंग गुरुङले अबगत गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!