बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सिएनसीबिजी) को वार्षिक साधारण सभा आइतवार २० अप्रिलमा बेलायतको अल्डरसटस्थित द प्यालेस रेस्टुरेण्टमा हुने भएको छ।
वार्षिक साधारण सभामा “गोर्खाली हाम्रो पहिचान, नागरिकता निरन्तरता हाम्रो अभियान” र “वंशजको नागरिकता नत्यागौं नागरिकता अभियानमा सहभागी बनौं” भन्ने मूल नारामा केन्द्रित हुने सिएनसीबिजीका उपाध्यक्ष दल बहादुर बुराथोकिले जानकारी दिएका छन्।
उपाध्यक्ष बुराथोकीले बेलायतवासी सम्पूर्ण बृटिश गोर्खा र उनका परिवारहरुलाई यस वार्षिक साधारण सभामा उपस्थित भैदिन अनुरोध गरेका छन्।






