किरांत याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन साखाको आयोजनामा बेलायतमा रहेका लिम्वुहरुले मौलिक पर्व यक्वा तंनाम भव्यरुपले मनाए

SHARE:

लण्डन २३ अप्रिल २०२५ । किरांत याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन साखाको आयोजनामा बेलायतमा रहेका लिम्वुहरुले आफनो मौलिक पर्व यक्वा तंनाम भव्यरुपमा मनाएका छन् ।

गत सनिवार फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको शभाहलमा आयोजित यक्वा तंनाम कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष कमला लिम्वुले सम्वोधन गरेकी थिईन । उनेले – युवा पुस्ताको सहभागिता विना आफनो संस्कार, संकृति, भाषा र लिपीको जर्गेना गर्न नसकीने वताउदै गे्रटर लण्डन जेष्ठ साखाले युवा पुस्तालाई सदस्य वनाउदै हरेक कृयाकलापमा युवाहरुलाई सकृय सहभागि गराउन सफल भएकोमा धन्यवाद ज्ञापन गरेकी थिईन ।

औपचारिक कार्यक्रमको अध्यक्षता गरेका साखाका अध्यक्ष कुलकेशर लिम्वुले सहभागिसवैलाई यक्वा तंनाम र नेपाली नयां वर्ष विक्रम संवत २०८२ को उपलक्षमा शुभकामना वाड्दै कार्यक्रमलाई सफल वनाउन सहयोगी सवैलाई धन्यवाद ज्ञापन गरेका थिए । साखाका सचिव पदम फागो चंङवाङले कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष सुस्मिता कन्दङवाले स्वागत मन्तव्य गरेकी थिईन । यक्वा तंनामको वारेमा उपाध्यक्ष दिपेन्द्र लोक्समले चर्चा गरेका थिए । यसलाई लिम्वु समुदायमा अन्नवाली रोप्ने वेलामा अन्नवाली राम्रो फलोस भनेर भुमीलाई पुजा (उभौली पुजा) गरिने पर्वको रुपमा लिइन्छ ।

सो अवसरमा नेपाल पत्रकार महासंघ युकेको पहिलो महिला अध्यक्ष भएकोमा बिमला सेनेलाई विशेष सम्मान गरिएको थियो । सम्मान ग्रहण पछि वोल्दै सेनेले जनजातिहरु त्यसमा पनि लिम्वु समुदाय मिडिया फ्रेन्डली नभएको गुनासो गर्दै आफनो कुरा राख्न कहिल्यै पछि नर्पन आग्रह गरेकी थिइन । साथै डिजीटल प्रविधिको विकास सगैं सामाजिक संजालहरुको वढदो प्रयोगले सुचना प्रवाहमा दु्रद्धता वढे पनि सुचनाको श्रोत र विश्वासनियतामा ध्यान दिएरमात्र आफनो धरणा वनाउन अनुरोघ गरेकी थिइन ।

कार्यक्रममा साखाको सस्थापक सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने आजिवन सदस्यहरु र नया सदस्यहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । साथै शैक्षिक क्षेत्रमा विशेष योग्यता हासिल गरेका सदस्यहरुलाई प्रशंसा पत्र सहित वधाई दिइएको थियो । चुम्लुङको प्रतिनिधित्व गदै नेपाली मेलामा धान नाच र च्यावु्रङ नाचेर प्रथम भएकोमा त्यसका संयोज पुर्ण वोख्खिम तथा युवा कलाकारहरुलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा भाग्य चिठ्ठा तथा तम्वोला खेलाइएको थियो जसको संचालन सल्लाहकार तथा पुर्व साखा अध्यक्ष पुर्ण वोख्खिमले रोचक ढंगले संचालन गरेका थिए ।
औपाचारिक कार्यक्रम पछि मनोरन्जनात्मक कार्यकमलाई सांस्कृतिक विभाग प्रमुख तथा गायिका कला चेम्जोङले संचालन गरेकी थिइन । र्कायक्रमा च्याव्रङ नाच , धान नाच लगायत अन्य गीतहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समाज सेवी तथा किरात याक्थुङ चुम्लुङकी पुर्व सल्लाहकार अग्रज महिला नरकुमारी लिम्वु, हिलीङडन गोर्खा नेपाली समाजका पुर्व अध्यक्ष छत्रसिं तेयुङ, सेनेहाङ समाज युकेका अध्यक्ष खगेन्द्र सेनेहाङ, नेपाली समाज हन्स्लोका पुर्व अध्यक्ष राम पोमु, समाज सेवी राम इजम लगायत साखाका अग्रज सदस्यहरुको वाक्लो उपस्थिती रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!