भारतलाई पराजित गर्दै नेपाल फाइलनमा

SHARE:

काठमाडौँ । नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो ।

पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले नेपाल फाइनल पुग्न सफल भयो । रानामगरले भारतको दुई पेनाल्टी रोकिन् भने एक गोल गर्न सफल भइन् । नेपालका रेखा पौडेल र मनिषा राउतले पेनाल्टीमा गोल गरिन् । पूजा रानाको प्रहार गोलमा परिणत हुन सकेन । भारतका टुडु जाबमानीले एक गोल गरिन् ।

यसअघि रश्मीकुमारी घिसिङको गोलबाट १६ औँ मिनेटमा अग्रता लिएको नेपालले ६३ औँ मिनेटमा गोल खाएको थियो । भारतकी समीक्षाले ६३ औँ मिनेटमा गर्दै खेल बराबरीमा ल्याइन् । नेपालले फाइनलमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई, डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर, मिडफिल्डरमा शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा छन् ।

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!