बेलायत । तमु धीं युकेले हरेक वर्ष संचालन गर्दै आएको गोर्खा कप २०२५ को सम्पूर्ण कार्यहरु तयारी पुरा भएको र गोर्खा कपमा अन्दाजी १ लाख ६ हजार पाउण्ड खर्च हुने गोर्खा कपका प्रमुख संयोजक तथा खेलकुद सचिव क्याप्टेन दिपक घलेले जानकारी गराएका छन।
उक्त जानकारी क्याप्टेन घलेले बेलायतको मिचेटस्थित आफ्नै भवनमा शनिबार १७ मे २०२५ को दिन पत्रकार सम्मेलन गरेर अबगत गराएका हुन् ।
विगतका वर्षहरुमा झैं यस वर्ष पनि गोर्खा कप २०२५ तथा गोर्खा कपको २३ सौं संस्करण बेलायतको अल्डरसटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा आइतबार २५ मे का दिन संचालन हुने भएको छ।
पत्रकार सम्मेलनको पहिलो चरणमा तमुधी युकेका मिडिया सचिब तथा एभेरेष्ट टाईम्सका अनलाइन्स प्रमुख सर्बिंद्र कुमार (एसके) गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका छन् भने पत्रकारहरुलाई तमुधी युकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समुहका अध्यक्ष कमला गुरुङले खडा लगाएर स्वागत गरेका छन।
पत्रकार सम्मेलनको दोस्रो चरणमान तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कपको संचालक समितिको सहयोगमा टिम ड्र गरेका छन। टिम ड्र गर्नमा गोर्खा कपका पुर्ब संयोजकहरु हिरा गुरुङ, कुमार गुरुङ, कुमार घलेले साथ दिएका थिए ।
पत्रकार सम्मेलनको तेस्रो चरणमा क्याप्टेन दिपक घलेले पावर पोइटद्वारा गोर्खा कप २०२५ को सम्पूर्ण कार्यहरु तयारी भइसकेको जानकारी दिएका छन् ।
क्याप्टेन घलेले दिएको जानकारी अनुसार यस वर्ष गोर्खा कपमा, मुख्य टिम ३२ र भेट्रान टिम १६ तथा २ महिला टिम गरेर जम्मा ५० टिमले भाग लिने छन् । गोर्खा कपमा तमाङ समाज युके र लन्डन गल्स एफसीले भाग लिने भएको छ।
गोर्खा कपमा फुटबल मेन टिमको बिजेतालाई £३०००, उपविजेतालाई £१८००, भेट्रान टिमको बिजेतालाई £१५००, उपविजेतालाई £१०००, महिला टिमको बिजेतालाई £६००, उपविजेतालाई £४०० नगद पुरष्कार प्रदान गर्ने भएको छ।
गोर्खा कप २०२५ को मेन टिमको बिजेता टिमलाई £३००० पुरस्कार र उपविजेता टिमलाई £१८०० प्रयोजन गर्नको लागि इच्छुक महानुभाबहरुलाई खुला राखेको प्रमुख संयोजक घलेले अबगत गराएका छन् ।
त्यस्तै भेट्रान टिमको बिजेता टिमलाई £१५०० पुरस्कार हर्क गुरुङ प्रतिष्ठानले प्रायोजन गरेकोछ भने उपविजेता टिमलाई एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङले £१००० प्रयोजन गरेका छन् ।
गोर्खा कप २०२५ को लेडिस टिमको बिजेता तिम्लाई £६०० पुरस्कार नबिन एण्ड नविन जलर्सले प्रायोजन गरेको छ भने उपविजेता टिमलाई गोर्खा ट्राभल्सका प्रवन्ध निर्देशक दिलरास गुरुङले £४०० प्रयोजन गरेका छन।
गोर्खा कप २०२५ को मुख्य आकर्षणहरु मध्ये यस वर्ष नेपालबाट महिला चर्चित फुटबल खेलाडी सावित्री भण्डारी (साम्बा) र गोरख घलेको सहभागिता रहने भएको छ।
अन्य आकर्षणहरु प्यारासुट जम, सांकृतिक कार्यक्रम सयपत्री ग्रुप, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, व्यापारिक प्रयोजनका लागि स्टलहरु, घरयासी प्रयोजनका लागि चाहिने भाडाकुडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामुलक स्टलहरुलगायत बिभिन्न स्टलहरु रहने ब्यबस्था गरिएको क्याप्टेन घलेले बताएका छन ।
अन्त्यमा क्याप्टेन घलेले गोर्खा कपमा अन्दाजी १ लाख ६ हजार खर्च हुने र सम्पूर्ण खर्च कटाएर आम्दानी भएमा बिभिन्न परोपकारी संघ संस्थाहरुलाई सहयोग गर्ने बताएका छन्।
गोर्खा कपमा प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेलाई आमन्त्रण गरिएको छ भने, बिशेष अतिथिहरुमा रसमर बोरो काउन्सिलका मेयर, काउन्सिलरहरु, नेपाली राजदुतावासका सकर्मचारीहरु, बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत गोर्खा ब्रिगेडका अफिसरहरुलाई आमन्त्रण गरिएको जानकारी दिएका छन् ।
गोर्खा कपको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ संयोजक क्याप्टेन दिपक घले, अध्यक्ष जुमकाजी गुरुङ र तमु धिं का पदाधिकारीहरु र कार्यसमितिका सदस्यहरुले सहजीकरण गरेका थिए ।
पत्रकार सम्मेलनमा डा. हर्क गुरुङ प्रतिष्ठानले तमु धिंका अध्यक्ष जुमकाजी गुरुङलाई सम्मान गरेको छ भने तमु धिं युकेले नव मनोनित सल्लाहकारहरु र नयाँ आजीवन सदस्यलाई सम्मान गरेको छ।
उक्त पत्रकार सम्मेलनमा तमु धिं युकेका आमा समुहका पुर्व महासचिब यशोधा गुरुङले आमा समुहलाई टिसर्ट र पि क्याप प्रदान गरेका छन्।
अध्यक्ष जुमकाजी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा. बिशाल गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तब्य दिएका थिए।
पत्रकार सम्मेलनमा तमुधी युकेका संस्थापक अध्यक्ष मिन तमु, पुर्ब अध्यक्षहरु, रामचन्द्र तमु (सुर्जे) ज्ञाम गुरुङ, नन्द जंग गुरुङ, हितकाजी गुरुङ निबर्तमान अध्यक्ष हरी गुरुङ, बरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ, उपाध्यक्षहरु कमल गुरुङ, दिल माया गुरुङ, महासचिब डा. बिशाल गुरुङ सचिब बिमल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, कार्यसमितिका सदस्यहरु, आमा समुहका अध्यक्ष कमला गुरुङ, पुर्ब तथा निवर्तमान आमा समुहका अध्यक्षहरु, एन आर एन युकेका पुर्व अध्यक्ष पुनम गुरुङ, तमुधी युकेका, सल्लाहकारहरुलगायत बिभिन्न बर्गका बुद्धिजीवी तथा प्रबुद्ध ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।
उक्त पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विमला सेने, पुर्ब अध्यक्षहरु, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशी, नेपालबाट बेलायत भ्रमणमा रहेका कान्तिपुरका सम्पादक तथा नेपाल पत्रकार महासंघका लम्जुङ जिल्लाका पुर्ब अध्यक्ष आस गुरुङलगायत तिन दर्जन जती पत्रकारहरुको उपस्थिति रहेको थियो।








