नेपाली ओपन कन्सर्ट २०२५ मा अन्जु पन्त र खेम सेन्चुरी आउने पक्का भएको छ। खेम सेन्चुरीले भिसा लागेको पासपोर्ट कलेक गरिसकेका छन् भने अन्जु पन्तले सोमवार १९ मे को दिन पासपोर्ट कलेक गर्ने नेपाली ओपन कन्सर्टका संयोजक तथा मगर संघ युकेका वरिष्ट उपाध्यक्ष रुद्र थापा मगर र सांस्कृतिक सचिब नुनु पाइजा मगरले जानकारी दिएका छन्।
उक्त जानकारी संयोजक थापा मगर र पाइजा मगरले आइतवार १८ मे २०२५ का दिन जुम बैठकमार्फत जानकारी गराएका हुन्।
बैठकमा थापा मगरले नेपाली ओपन कन्सर्टको सम्पूर्ण कार्यहरुको जिम्मेवारी सम्बन्धित व्यक्तिहरुलाई सुम्पेका छन्। नेपाली ओपन कन्सर्ट २०२५ सनिवार १४ जुन २०२५ को दिन बेलायतको फार्नबोरोस्थित रग्बी कलब हुने भएको छ।
नेपाली ओपन कन्सर्टको लागि टिकट १२ देखि १७ वर्ष सम्मका वालवालिकाहरुको लागि र ६७ वर्ष पुगेका जेष्ठ नागरिकहरुको लागि यदि अग्रिम खरिद गरेमा २० पाउण्ड राखिएको छ भने सनिवार १४ जुन २०२५ का दिन गेटमा भने २५ पाउण्ड राखिएको छ।
त्यस्तै बयस्कहरुको लागि टिकट अग्रिम खरिद गरेमा २५ पाउण्ड राखिएको छ भने सनिवार १४ जुन २०२५ का दिन गेटमा भने ३० पाउण्ड राखिएको छ।टिकट
टिकट अनलाइनवाट पनि खरिद गर्न सकिने छ।मगर संघ युकेका अध्यक्ष लाल बहादुर (लालु) पुन मगरले अध्यक्षता गरेको कार्यक्रमलाई महसचिब गोमन पुन मगरले संचालन गरेका छन्।







