
लन्डन १९ मे २०२५ । मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द दम्पती यही मे २३ मा बेलायत आउने भएका छन् ।
मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा गुरु डा. योगी विकाशानन्द र रेकी ध्यान साधना ग्रान्ड मास्टर कमलेश्वरी आनन्द र छोरा क्वान्टम संबुद्ध २३ मेको साँझ ७ बजे लन्डन आइपुग्ने निश्चित भएको मनोक्रान्ति टीम यूकेका संयोजक तथा पत्रकार नगेन्द्रराज नेम्बाङले जानकारी दिए । उनका अनुसार डा.योगी विकाशानन्द र कमलेश्वरीलाई मनोक्रान्ति टिम यूकेका संयोजक नगेन्द्रराज नेम्वाङ र मनोक्रान्ति टिम यूकेको स्पोन्सरसिपमा बेलायतवासीहरुलाई मनोक्रान्ति शिक्षण प्रशिक्षण प्रदान गर्न २ हप्ताको लागि गुरु/गुरुमा बेलायत आउन लागेका हुन् ।
उनीहरुले बेलायत रहँदा ‘मिर्मिरे बिहानीमा ज्ञानको किरण’ मनोक्रान्ति टीम युकेको आयोजनामा कुन्डलिनी योग र चक्र ध्यान साधना मे २६ देखि ३० तारिखसम्म सञ्चालन गर्नेछन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।


