मगर संघ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट २०२५ मा चर्चित गायिका अन्जु पन्त, लोकप्रिय गायक खेम सेन्चुरी र भ्वाइस अफ नेपाल सिजन ३ का विजय ठाडा मगरले प्रस्तुति दिने पक्का भएको छ।
उक्त कलाकारहरुले भिसा लागेको पासपोर्ट भिसा सेन्टरबाट कलेक्सन गरिसकेको मगर संघ युकेका अध्यक्ष लाल बहादुर (लालु) पुन मगरले जानकारी दिएका छन् ।
नेपाली ओपन कन्सर्ट २०२५ सनिवार १४ जुन २०२५ को दिन बेलायतको फार्नबोरोस्थित रग्बी कलब हुने भएको छ। नेपाली ओपन कन्सर्ट २०२५ को गेट दिनको ११ बजेदेखि खुल्ला रहने छ।
नेपाली ओपन कन्सर्ट २०२५ मा मगर गट ट्यालेन्ट २२ का बिजेता चर्चित डान्सर तथा मोडल मिलन थापा मगर र मगर गट ट्यालेन्ट २४ का बिजेता डायमण्ड र मन्सन सरु मगरको पनि बिशेष प्रस्तुति रहने भएको छ।
नेपाली ओपन कन्सर्टको लागि टिकट १२ देखि १७ वर्ष सम्मका वालवालिकाहरुको लागि र ६७ वर्ष पुगेका जेष्ठ नागरिकहरुको लागि यदि अग्रिम खरिद गरेमा २० पाउण्ड राखिएको छ भने सनिवार १४ जुन २०२५ का दिन गेटमा भने २५ पाउण्ड राखिएको छ।
त्यस्तै बयस्कहरुको लागि टिकट अग्रिम खरिद गरेमा २५ पाउण्ड राखिएको छ भने सनिवार १४ जुन २०२५ का दिन गेटमा भने ३० पाउण्ड राखिएको छ।
टिकट अनलाइनवाट पनि खरिद गर्न सकिने छ।







