मगर संघ युकेले हरेक वर्ष आयोजना गर्ने नेपाली ओपन कन्सर्ट २०२५ को लागि बुधवार २१ मे को दिन जुमको माध्यमबाट पत्रकार सम्मेलन गरेको छ।
पत्रकार सम्मेलनमा चर्चित गायिका अन्जु पन्त, लोकप्रिय गायक खेम सेन्चुरी र भ्वाइस अफ नेपाल सिजन ३ का विजय ठाडा मगरले आ-आफ्नो प्रस्तुति रहने पक्का भएको मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष तथा नेपाली ओपन कन्सर्ट २०२५ का संयोजक रुद्र थापाले जानकारी दिएका छन्।
नेपाली ओपन कन्सर्ट २०२५ सनिवार १४ जुन २०२५ को दिन बेलायतको फार्नबोरोस्थित रग्बी कलब हुने भएको छ। नेपाली ओपन कन्सर्ट २०२५ को गेट दिनको ११ बजेदेखि खुल्ला रहने छ भने कन्सर्ट बेलुकी ८ बजेसम्म रहने छ ।
नेपाली ओपन कन्सर्ट २०२५ मा मगर गट ट्यालेन्ट २२ का बिजेता चर्चित डान्सर तथा मोडल मिलन थापा मगर र मगर गट ट्यालेन्ट २४ का बिजेता डायमण्ड र मन्सन सरु मगरको पनि बिशेष प्रस्तुति रहने भएको छ। कन्सर्टमा चर्चित लोक दोहोरि गायक पवन राना मगरले उद्घोषक गर्ने छन् भने केहि नेपालवाट बेलायतमा आएका कलाकारहरुले पनि आ- आफ्नो प्रस्तुति दिने छन्।
नेपाली ओपन कन्सर्टको लागि टिकट १२ देखि १७ वर्ष सम्मका वालवालिकाहरुको लागि र ६७ वर्ष पुगेका जेष्ठ नागरिकहरुको लागि यदि अग्रिम खरिद गरेमा २० पाउण्ड राखिएको छ भने सनिवार १४ जुन २०२५ का दिन गेटमा भने २५ पाउण्ड राखिएको छ।
त्यस्तै बयस्कहरुको लागि टिकट अग्रिम खरिद गरेमा २५ पाउण्ड राखिएको छ भने सनिवार १४ जुन २०२५ का दिन गेटमा भने ३० पाउण्ड राखिएको छ।
टिकट अनलाइनवाट पनि खरिद गर्न सकिने छ।
बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने सो कार्यक्रममा बेलायतका स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरू, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूलगायत झन्डै ३०० जना अतिथि रहनेछन्। उक्त कन्सर्टमा करिब ५ हजार दर्शकहरू सहभागी हुने अपेक्षा आयोजकले राखेका छन् ।
कार्यक्रममा झन्डै ५० देखि ६० हजारसम्म खर्च हुने र खर्च कटाएर आम्दानि भएमा बिभिन्न व्यक्ति तथा संघ-संस्था हरुको लागि परोपकारी कार्यमा सहयोग गर्ने बताएका छन्।
सन् २००२ सालमा स्थापना भएको मगर संघ युकेले बेलायतमा नेपाली गीत, संगीत, कला, सँस्कृतिको जगेर्ना र प्रबर्धन गर्ने उद्देश्यले सन् २००४ देखि बेलायतका बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आएको भएतापनि २००७ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्टको आयोजना गर्दै आएको छ । बेलायतमा सबै उमेर समूहका मानिसहरूलाई सहभागी हुन मिल्ने किसिमको खुल्ला मैदानमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रम यो नै एक रहेको आयोजकको दाबी छ ।
पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरूको जवाफ कन्सर्टका प्रमुख संयोजक संघका वरिष्ठ उपाध्यक्ष रूद्र थापा र साँस्कृतिक सचिव नुनु पाइजाले जवाफ दिएका थिए ।
पत्रकार सम्मेलनको अध्यक्षता अध्यक्ष लालबहादुर पुनले गरका थिए भने संचालन महासचिव गोमानसिंह पुनले गरेका थिए ।पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका बम थापा सूर्यवंशी मगरलगायत झन्डै १ दर्जन पत्रकारको उपस्स्थिति रहेको थियो।







