- जय तामाङ
लन्डन २३ जून २०२५ । नेपाली समाज विल्टशायर यूकेको वार्षिक कार्यक्रम घोषणा भएको छ ।
शनिबार जून २१ तारिख २०२५ मा सुइण्डनको रनर पबमा समाजका नवनिर्वाचित अध्यक्ष रञ्जन मल्लको अध्यक्षतामा बसेको पूर्ण बैठकले समाजले वर्षभरि गरिने विभिन्न कार्यक्रमको मिति र समय तय गरेको हो ।
बैठकले समाजका लागि सँधैं साथ सहयोग र सल्लाहको पनि आवश्यक पर्ने भएकोले ३५ जना सल्लाकारहरु चयन गरेको छ । जसमा मे रि सन्त पुन, धन बुढाथोकी, राजनकुमार क्षेत्री, मैत लिम्बु, लाल सिरिश मगर, ज्ञानप्रसाद गुरुङ, क्या रि आइतराम गुरुङ, क्या रि इमान गुरुङ, क्या रि देवराज गुरुङ, क्या रि पदम गुरुङ, मे रि चिनबहादुर थापा, मे रि गुप्तमान गुरुङ, क्या रि दुदमान गुरुङ, क्या रि गजेन्द्र देवान, गोपाल गुरुङ, रणबहादुर गुरुङ, रामराज मल्ल, सुशील पौडेल, देवेन्द्र श्रेष्ठ, साइँला राई , भवानी गुरुङ, तारा लिम्बु, तिजु गुरुङ, खेम गुरुङ, प्रेम सिङ्ग गुरुङ, हर्क गुरुङ, उन्नति गुरुङ, ऋतु मल्ल, मोहन थापा, चिज बहादुर गुरुङ, विज्ञान शर्मा, पेर्मा गुरुङ, याम गुरुङ, हेम बिक्रम मल्ल र जुमबहादुर गुरुङ रहेका छन् ।







