प्रशासनिक र वित्तीय रुपमा सङ्घीयता कार्यान्वयनमा मुख्यमन्त्री पोखरेलको जोड

SHARE:

बुटवल : प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यक्ति, परिवार र समाजलाई जोड्ने मौलिक पर्वका रुपमा दशैँ स्थापित रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै दशैँका अवसरमा हुने पारिवारिक र सामाजिक मिलनले दशैँको महत्व र गरिमालाई फराकिलो बनाउँदै आएको र स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

“यस्ता सांस्कृतिक उत्सव र पर्व कुनै समुदायविशेषका नभएर सबै नेपालीका साझा भएका र सांस्कृतिक पर्वहरुले सद्भाव, भ्रातृत्व र मेलमिलाप बढाउँदै समाजलाई एकताको सूत्रमा बाँधेका छन्, अझ दशैँको मौलिक पहिचान रहँदै आएको छ”, शुभकामना सन्देशमा “व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा घरभन्दा बाहिर रहेकाहरु दशैँमा घर फर्कन प्राथमिकता दिइरहनुले यो पर्वलाई समुदायले दिएको महत्व छर्लङ्ग हुन्छ”, उनले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले दिनुभएको सन्देशमा राजनीतिक रुपमा सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय रुपमा कार्यान्वयन हुन अझै बाँकी रहेकाले व्यावहारिक रुपमा सङ्घीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न आफूहरु सङ्कल्पित रहेको स्पष्ट पारेका छन् । उनले मुलुकबाट अब छिटोभन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा जुट्नु आवश्यक रहेको सन्दर्भमा प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा सङ्कल्पित रहेको त्यसका लागि प्रदेश सरकारले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका सन्दर्भमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आमनागरिकमा शुभकामना सन्देशमार्फत अपिल गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!