काठमाडौं १५ सेप्टेम्बर २०२५ । नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।
ओमप्रकाश अर्याल गृह र कानुन, रामेश्वर खनाल अर्थ र कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको मन्त्रीका रुपमा पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । उनीहरुलाई शितल निवासमा सोमबार एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।
जेनजी आन्दोलनको बलमा मन्त्री बनेका अर्याल कानुन व्यवसायी, खनाल पूर्वअर्थसचिव र घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् ।
नेकपा एमाले र नेपाली कांग्रेस लगायत गठबन्धनको सरकार ढलेपछि शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।


