७२ वर्षका मनोक्रान्ती साधक खर बहादुर गुरुङले हाफ म्याराथुन सकुसल पुरा गरे

SHARE:

नगेन्द्र नेमवाङ – बेलायत।

स्विन्डन २८ सेप्टेम्बर आइतबारका दिन ७२ वर्षका समाजसेवी तथा मनोक्रान्ती साधक खर बहादुर गुरुङले २ घन्टा १९ मिनेटमा हाफ म्याराथुन दौड सकुसल पुरा गरेका छन ।उनि 21160211 Ex W02 खर बहादुर गुरुङ Ex 6 GR हुन्।

स्विन्डन हाफ म्याराथुन दौड च्यारिटी रकम संकलनको लागी स्थानियहरुले आयोजना गरेको गुरुङले बताएका छन्। अध्यात्मिक भाषामा जति अरुलाइ दिइन्छ त्यसको सय गुणा फर्केर आउछ भन्ने मान्यतालाइ बिस्वाश लिएका खर गुरुङ आफुले आर्जन गरेका आर्थिक रकम केहि प्रतिसत चन्दा दिनमा जहिले तत्पर देखिन्छन ।

गुरुङले मनोक्रान्ती टीम युके लगायत अन्य साथिभाइ संघ-संस्था गरि जम्म रकम £७७३ पाउन्ड संकलन गरि युकेमा रहेका ब्रेन ट्युमर च्यारिटी संस्थालाइ हस्तान्तरण गर्नु भएको छ। म्याराथुन दौडमा भाग लिनुको मुख्य उदेश्य आफु स्वस्थ रहन युकेमा बसोबास गर्दै आएका गोर्खा समुदाय प्रबाशी नेपाली र स्थानिय नागरिकहरुको माझ सम्बन्ध गाडा र सुमधुर बनाउनका लागी भाग लिएको बताउनु भएको छ ।

उहाँले आफु स्वस्थ रहनका लागी यस्ता दौड कार्यक्रममा भाग लिन अरु साथी भाइहरुलाइ सल्लाह सुझाव दिनुहुन्छ। हाफ म्याराथुन २ घन्टा १९ मिनेटमा सकुसल समापन गर्न सकेकोमा अति नै उत्साहित देखिनु हुन्छ। मनोक्रान्ती टीम युकेले साधक खर गुरुङलाई हार्दिक बधाइ दिदैआउदो दिनहरुमा पनि उतरोत्तर प्रगतिको हार्दिक मङलमय शुभकामनाज्ञापन गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!