सवारी साधनको ठक्करबाट दुई पूर्वगोर्खाको मृत्यु

SHARE:

बेलायत । बेलायतको अल्डरसट शहरको फिलिट रोडमा बुधबार बिहान १ अक्टुवर २०२५ का दिन सवारी साधनको ठक्करवाट दुइ पुर्वगोर्खाको मृतु भएको छ । उनीहरु बिहान करिब साढे ६ बजेतिर मर्निङ वाक निस्केका थिए।

उक्त पुर्वगोर्खाहरुको नाम कुमबहादुर गुरुङ र कुलबहादुर गुरुङ भएको खुल्न आएको छ। कुलबहादुरको घटनास्थलमै र कुमबहादुरको उपचारका लागि अस्पताल लैजाँदालैजाँदै वाटोमा निधन भएको छ । मृतकहरु ७६ र ७७ वर्षका थिए।

घटनामा संलग्न एक ६६ वर्षीय चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ति चालकले वकिङघम निवासी भएको र मादक पदार्थ सेवन गरेको अंग्रेजी समाचार बिबीसीले जनाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!