- नारायण पुन
बेलायत । सगरमाथा केन्ट भलिबल क्लब युकेको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार ०४ अक्टुबर २०२५ को दिन भएको अधिवेशनबाट भिम राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
वार्षिक साधारणसभा तथा अधिवेशन बेलायतको केन्ट काउन्टी, आसफोर्ड सहरस्थित सगरमाथा गोर्खा नेपाली कम्यूनिटी हलमा सम्पन्न भएको हो । सगरमाथा केन्ट भलिबल क्लब युकेका उपाध्यक्षहरुमा हाङ नारायण लिम्बु, सुविन गुरुङ, शिव राई, सचिवमा मुगाधन तामाङ, सह-सचिवमा रोशन गुरूङ, कोषाध्यक्षमा, सञ्जु थकाली निर्वाचित भएका छन् भने टिम म्यानेजरमा, नारायण पुन, सह- म्यानेजरमा सन्त गुरूङ, संरक्षकमा, शेखर लिम्बु (सिके) र सुरेन्द्र थेवे मनोनित भएका छन् ।
अधिवेशनको अध्यक्षता निर्वतमान अध्यक्ष नारायण पुनले गरेका थिए भने स्वागत मन्तव्य निवर्तमान उपाध्यक्ष भिम राईले दिएका थिए । कार्यक्रम सञ्चालन रोशन गुरुङले गरेका थिए ।







