पितृहरुको स्मृतिमा योग फगामीका परिवारद्वारा गलेश्वर बृद्धआश्रमलाई खाद्यन्न सामाग्री प्रदान

SHARE:

नेपाल। गैर आवसीय नेपाली संघ युकेका पुर्वअध्यक्ष योग कुमार फगामीका परिवारले म्याग्दी जिल्ला गलेश्वरधामको आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई रु. ३५ हजार बराबरको खाद्यन्न सामाग्री प्रदान गरेका छन्।

उक्त सामाग्री योग कुमार फगामीको स्वर्गीय पिता स बहादुर फगामी, माता प माया फगामी र बहिनी धन कुमारी गर्बुजाको बार्षिक पुण्य तिथी पारेर वृद्धाआश्रमलाई नुन, तेल, चामल, दाल, चिनी, फलफुल लगायतका दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलव्ध गराएको आश्रमका अध्यक्ष बमबहादुर पुनले जानकारी दिएका छन्।

बेलायतमा दर्जनौं क्रियासिल संस्थाहरुमा आबद्ध भएका तथा खाद्यन्न सामाग्री प्रदान गर्न उपस्थित भएका समाजसेवी योग कुमार फगामीले वृद्धवृद्धा भनेका ज्युँदा देवता हुन् उनीहरुलाई घृणा होइन माया, सम्मान गर्नुपर्छ भन्ने उद्धेश्यले आफ्ना पितृहरुको सम्झनामा वृद्धा आश्रमका आमाहरुलाई उक्त सामग्री उपलब्ध गरेको बताएका छन्। फगामीले आगामी दिनमा पनि ज्येष्ठनागरिक आश्रमका साथै सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!