बृटिश गोर्खा नेपालीज् एसोसिएसन युकेको देउसीं भैलो धुमधामसँग मनायो

SHARE:

गत आइतबार १२ अक्टोबर २०२५ को दिन ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन युकेले बिशेष देउसीं भैलो कार्यक्रम Fairveiw Club, 595 Harrow Road, Wembley, London मा धुमधामसँग मनाएको छ ।

कार्यक्रम दिउँसोको १२:३० बजे सुरु भएको थियो र महासचिव श्री धनकाजी गुरुङ ज्यू ले कार्यक्रम सन्चालन गर्नुभएको थियो भने उपाध्यक्ष श्री कन्या प्रशाद गुरुङज्यूले फाएर सेफ्टी को अवगत गराउनुभएको थियो साथै दोस्रो उपाध्यक्ष श्रीमती हुमकुमारी गुरुङ ज्यू ले स्वागत मन्तव्य व्यक्तगरेका छन् ।

कार्यक्रमको सुरुमा जेन-जी र संस्थाका सदस्यज्युहरुको दिवंगत हुनुभएकाहरुको मृतआत्माको चिरशान्तिको कामना गर्दै २ मिनेट मौनधारण गरि सुरु भएको थियो। प्रमुख सल्लाहकार मेजर रिटायर बीर बहादुर सुनुवार, अध्यक्ष श्री सन्त बहादुर गुरुङ, निवर्तमान अध्यक्ष क्याप्टेन रिटायर रनधोज रानाद्वारा पानासमा दीपप्रज्वालन गरि कार्यक्रमको उद्‍घाटन गरेका छन् ।

बिजीएनए युकेले बर्षेनी गर्दै आएको यो देउसीं भैलो कार्यक्रममा संस्थाको सिनिएर सीटीजनको बाक्लो उपस्थिति रहेको थियो। संस्थाले खाना को बन्दोबस्त निशुल्क मिलाएको थियो भने खाना गोर्खा दरबार रेस्टुरेन्टबाट ल्याइएको थियो। देउसीं भैलो कार्यक्रम गाउदै र नाच्दै करिब वेलुकी ७:३० बजे सम्माप्त भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!