गायक तथा संगीतकार युवराज मगरको शब्द र संगीतमा झाम्रे गीतको छायांकन हुने

SHARE:

बेलायत। गायक तथा संगीतकार युवराज मगरको शब्द र संगीतमा आइतवार २६ अक्टुवर २०२५ मा बेलायतको अल्डरसट शहरस्थित एम्पाएर हलमा झाम्रे गीतको छायांकन हुने भएको छ।

झाम्रे गीत धौलागिरी अञ्चलको सेरोफेरोमा प्रचलित तथा सांस्कृतिक गीत हो। यस गीतमा स्वयं युवराज मगर र देबी घर्ति मगरले स्वर दिने भएका छन भने बेलायतमा स्थापित संघ संस्थाहरुका कलाकारहरुले छायांकनमा साथ दिने भएको छ।

युवराज मगरले बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सादार प्रणाम टक्र्याउदै बेलायतवाट संचालित अनलाइन पत्रिका एभरेष्ट टाईम्ससंग आफ्नो छोटो कुराकानी राख्दै यसो भनेका छन्:

म गायक तथा संगीतकार युबराज मगर बाग्लुङे समाज युकेमार्फत पहिलो पटक बेलायत आएको तीन महिना भईसकेछ । कति छिटो समय बितेको पत्तै भएन। यहाहरुकै ठुलो आशिर्बाद, माया र हौसलाको कारण आज बेलायतको रमणीय स्थलहरुमा घुम्ने सुनौलो अवसर पाएको छु|

युकेमा रहेर बिभिन्न संघ-संस्थासँग जोडीने अवसर पाएको छु । जुन संघ-संस्थासँग आफ्नो सांगितिक प्रस्तुतीमार्फत जोडीने अवसर पनि पाए। म बेलायतमा रहदा बिभिन्न संघ-संस्था, ब्यतित्वज्यु, अभिभाबकज्यु, दाजुभाई, दिदीबहिनी, आफन्तजन र शुभ चिन्तकज्युहरुबाट सम्मानित र आशिर्बाद पाए।

बिभिन्न संघ-संस्थाका ब्यतित्वज्यु, अभिभाबकज्यु, दाजुभाई, दिदी बहिनी, आफन्तजन, शुभ चिन्तकज्युहरुको मायार हौसलाको कारणले म युकेमा रहदा मेरो मनमा गहिरो छाप बनेर बसीसक्नु भएको छ्। मैले हजुरहरुको माया, गुण र आशिर्बाद मैले बिर्सन सक्दैन पनि। म जिन्दगी भरी ऋणी नै हुनेछु । आज बाग्लुङे समाज युकेले नल्यादिएको भए आदरणिय दिदी छबीमाया पुन भेनाजु हिरा पुन भेनाज्यु र बिशन थापा दाईले जिम्मा तथा रोहबर नबसिदिएको भए शायद आज युकेमा यसरी पाईला टेक्ने अवसर पाउदिन थिए होला। आज मैले सबैसँग भेटघाट चिनजान गर्ने आशिर्बाद लिने अवसर पाउदिनथे होला। साचिक्कै बाग्लुङे समाज युकेका सम्पूर्णदाईहरु, दिदीहरु, दिदी छाबिमाया पुन र भेनाजु हिरा पुनप्रति आभारी छु|

सांचिक्कै कठोर संघर्ष, मेहनत, त्याग र तपस्या पछी पहिलो चोटि युके आएको छु। अर्को चोटि आउन पाउछु नै थाहा छैन। तर बेलायतमा आएको समयमा अझै यो पललाई अबिस्मरणिय क्षण बनाउने ठुलो भित्री मनको चाहनाको कारणले मैले मेरो नयाँ गीत छायांकन गर्ने जमर्को गरेको छु। मैले यस्तो कार्य गर्नुको मुख्य कारण मेरा आफन्तजन शुभचिन्तकहरुलाई मेरो गीतको म्युजिक भिडियोमा कैद गरेर देखाउने ठुलो रहर सुटिङ गर्ने भित्री ईच्छा सपना पनि हो। त्येसैले छायांकन गर्न तथा म्युजिक भिडियो निर्माण गर्न म एक्लैले असम्भब भएकोले मेरो बाग्लुङे परिवार र इच्छुक आफन्तजले साथ दिनुभयो यो काम अवस्य सफल हुने छ।

छायांकन गर्दा विशेष गरी आर्थिक नैतिक र भौतिक आवश्यकता पर्ने भएकोले मेरो ठुलो सपनालाई अबिस्मरणिय स्वोर्णिम क्षण बनाईदिनुहुन यहाँहरुको ठुलो साथ र सहयोग आशिर्बाद चाहिएको छ । आफ्नो सो बिबेकले जति सकिन्छ मनबाट आफ्नो भाई भितिज छोरा सम्झिएर मलाई सहयोग गरिदिनु होला भन्दै बिनम्र अनुरोध पनि छ। हजुरहरुले सहयोग गरे बाफत मैले पार्दशी ढंगले नाम फोटो मलाई सहयोग गर्ने सस्थाको ठुलो लोगो रोलक्रम अनुसार गीतको म्युजिक भिडियोमा राख्ने छु। मैले सकभर मेरो बाग्लुङ जिल्ला अन्तर्गत अथवा मलाई माया गर्नुहुने युकेमा रहनु भएका सम्पुर्ण अभिभाबकज्यु, बुवाआमा, दाजुभाई दिदीबहिनी, आफन्तजनहरुलाई बिनम्र अनुरोध गरेको छु।

मैले सम्झिए अनुसार पश्चिम क्षेत्र बाग्लुङ जिल्ला अन्तर्गत र अन्य समाजहरु बाग्लुङे समाज युके, लेखानी समाज युके, तग्राम समाज युके, जैमिनी समाज युके, भुस्काट समाज युके, ढोरपाटन समाज युके, साई पुन परिवार युके, हिस्तान समाज युके, कुहु सेरोफेरो समाज युके, केशबटार आफन्त समाज युकेलगायत गोर्खा नेपाली समाज पिटरबर्गलाई बिशेष धन्यवाद दिन चाहन्छु भनेका छन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!