प्रधानमन्त्री निवासमा आयोजित स्मरण सन्ध्या कार्यक्रममा बिजीडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी

SHARE:

३ नोभेम्बर २०२५, लन्डन — बेलायती सांसद एलेक्स बेकरको निमन्त्रणामा बृटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस) का अध्यक्ष मेजर टिकेन्द्र देवान जेपी १० डाउनिङ स्ट्रिट, प्रधानमन्त्री निवासमा आयोजित स्मरण सन्ध्या कार्यक्रममा सहभागी भएका छन् । यो कार्यक्रम स्मरण सप्ताहको सुरुवातका रूपमा आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थित अध्यक्ष देवानले जानकारी दिएअनुसार, उनी र रक्षा मन्त्रालयको भवनमा कार्यरत दुई जना सेवामा कार्यरत गोर्खा सैनिकबाहेक कुनै गोर्खा उपस्थित थिएनन् । “गोर्खा समुदायको तर्फबाट प्रतिनिधित्व गर्नु यो मेरो लागि ठूलो सम्मानको कुरा थियो भनेर उनले बताएका छन् ।

कार्यक्रमका क्रममा एलेक्स बेकरले रक्षामन्त्री जोन हिल्ली, भूतपूर्व सैनिक मन्त्री लुइस सन्धर–जोन्स, सुरक्षा राज्य मन्त्री माननीय ड्यान जार्भिस, र रोयल ब्रिटिश लिजियनका महानिर्देशक मार्क एटकिन्सनसँग परिचय गराइन् । उक्त अवसरले बिजीडब्लुएसको अभियानका प्रमुख बुँदाहरूमा छलफल गर्ने अवसर प्रदान गर्‍यो र सम्बन्धित अधिकारीहरूको गम्भीर चासोले आगामी भेटका लागि सकारात्मक वातावरण सिर्जना गरेको बताएका छन् ।

बेलायतका प्रधानमन्त्रीले कार्यक्रममा उपस्थित भूतपूर्व सैनिक र सेवामा रहेका सदस्यहरूको बलिदान र समर्पणप्रतिको सम्मान व्यक्त गर्दै भावनात्मक भाषण दिएका छन् ।

कार्यक्रमपछि अध्यक्ष देवानले सांसद एलेक्स बेकरप्रति धन्यवाद ज्ञापन गर्दै भने, “मन्त्रीहरूसँग भेटका बेला उहाँको सहयोग र समर्थनले हाम्रो आवाज अझ बलियो रूपमा प्रस्तुत गर्न मद्दत पुर्‍याएको छ भनेका छन् ।”

आउँदो आइतबार ९ नोभेम्वर २०२५ का दिन बिजीडब्लुएसका ५५ जना सदस्यहरूले सेनाताफ परेडमा भूतपूर्व गोर्खाको रूपमा सहभागिता जनाउनेछन्। यस परेडमा बिजीडब्लुएसले लगातार २२ वर्षसम्म सहभागिता जनाउदै आएको छ । सो अवसरपछि बिजीडब्लुएसका सदस्यहरु बेलायतको रक्षा मन्त्रालय अगाडी रहेको गोर्खा प्रतिमामा र अल्डरसटमा रहेको भिसी कुलवीर थापाको स्मारकमा श्रद्धाञ्जली समारोह आयोजना गर्नेछन्। त्यसपछि गोर्खा भवन फार्नबोरोमा मेसिङ तथा हातले भात खाने कार्यक्रम रहेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!