स्याङ्जा समाज यूकेको महिला संयोजकमा समाजसेवी पार्वती गुरुङ

SHARE:

लन्डन २८ जनवरी २०२६ । स्याङ्जा समाज यूकेको महिला संयोजकमा समाजसेवी पार्वती गुरुङ चयन भएकी छन् ।

लन्डन पोष्ट अफिस स्पोर्ट्स क्लब सडबडी हिल, ह्यारो लन्डनमा आइतबार २५ जनवरी २०२६ मा स्याङ्जा समाज यूकेका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा सम्पन्न महाधिवेशनबाट रुपा (दुर्गा) गुरुङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो । महिला संयोजकमा माइला कान्छा अभियान बेलायतकी अभियन्ता पार्वती चयन भएकी हुन् । पार्वती सोंपाल समाज यूकेकी सल्लाहकारसहित विभिन्न संघसंस्थामा आबद्ध छिन् ।

नयाँ कार्यसमितिलाई आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गराइएको छ । नयाँ कार्यसमिति चयनका लागि संस्थापक अध्यक्ष शारदा गुरुङको निर्वाचन प्रमुख, सदस्य क्या. डोल गुरुङ, श्रीप्रसाद गुरुङ, मदन राना रहेका थिए ।
महाधिवेशनमा अध्यक्ष भरत गुरुङ, प्रमुख अतिथि स्याङ्जा सहयोग समाज अध्यक्ष मिन क्षत्री, संस्थापक अध्यक्ष शारदा गुरुङ, संरक्षक थर्क सेन, दिपक (डेबिड) गुरुङ तथा महिला संयोजक हुमकुमारी गुरुङले दिप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा संस्थाका उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तव्य राखेका थिए भने संस्थापक अध्यक्ष, संरक्षकहरु, प्रमुख सल्लाहकार, विभिन्न संघ संस्थाका अध्यक्षहरु र अन्य विशिष्ट व्क्तिबाट आ-आफ्नो भनाइ राख्दै संस्थाका गतिविधिका साथै उन्नति प्रगतिको सकारात्मक सन्देश र मन्तव्य राखेका थिए ।

संरक्षक थर्क सेन, श्रीप्रसाद गुरुङ, प्रेम गुरुङ, डा.बलराम ढकाल, संरक्षक दिपक (डेबिड) गुरुङ, सुनिल राना, नारायण गुरुङ, मदन राना, जगदीश गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष कृष्ण गुरुङ, इंग्ल्यान्ड राज्यका पूर्वअध्यक्ष लालबहादुर गुरुङ, हेमराज थापा, बडी बिल्डिङ यूकेका अध्यक्ष गंगा गुरुङ, आमा समूह संयोजक हुमकुमारी गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!