भूपू ब्रिटिस लाहुरेसहित श्रम संस्कृतिले छान्यो चार समानुपातिक सांसद

SHARE:

काठमाडौं । श्रम संस्कृति पार्टीले भूपू ब्रिटिस लाहुरे पूर्णप्रसाद लिम्बूसहित चार समानुपातिक सांसद छानेको छ । आइतबार बसेको बैठकले आदिवासी जनजाति पुरुषतर्फ संखुवासभाका भूपू ब्रिटिस लाहुरे पूर्णप्रसाद लिम्बू, खस–आर्य महिलातर्फ झापाकी अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र मधेशी कोटाबाट रुबी कुमारी ठाकुरलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन मा पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको थियो । सो मतका आधारमा पार्टीले ४ सिट सुरक्षित गरेको हो । उक्त पार्टीले प्रत्यक्षमा ३ क्षेत्रमा जित हासिल गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!