आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि को को खेलाडी परे छनोटमा

SHARE:

तुलसीपुर : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ का लागि टेबलटेनिस, ह्याण्डबल र कराँते खेलको जिल्लास्तरीय खेलाडी छनोट गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समिति दाङको आयोजना तथा खेल सम्बद्ध सङ्घको समन्वयमा सञ्चालित छनोट प्रतियोगिताअन्तर्गत टेबलटेनिस खेलमा महिला सिङ्गलतर्फ रोशनी अधिकारी, पवित्रा खनाल, अस्मिता बुढा, हरिकला भण्डारी र सोफिया शाही जिल्ला छनोटमा पर्न सफल भएका हुन् ।

त्यस्तै पुरुष सिङ्गलतर्फ एञ्जल चन्द, रोषण अधिकारी, धरम पुन, उमेश श्रेष्ठ, देवराज नेपाली जिल्ला छनोट भएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिएका छन् । ह्याण्डबल पुरुषतर्फ पोषण सेञ्चुरी, विपीन श्रेष्ठ, सन्तोष लामिछाने, लीला थापा, सुरेश चौधरी, आकाश केसी, रविन वली, रोहित वली, प्रकाश बुढा, मदन भुसाल, सुनिल नेपाली, सञ्जय गुप्ता जिल्ला छनोटमा पर्न सफल भएका छन् ।

त्यस्तै महिलातर्फ अञ्जना मल्ल, हिमाल रोका, कमला डाँगी, मीना ठकुरी, मनिषा रोका, युवकला रोका, प्रेमा विक, सविता चौधरी, सम्झना चौधरी, लीला विक, आशा कुमाल, कविता सुनार र वैकल्पिक खेलाडीमा गीता वली, सीता मल्ल छनोट भएका छन् ।

युसैगरी कराँतेतर्फ महिला ४५ केजीमा विमला चौधरी, ५० केजीमा निशाना रोकामगर, ५५ केजीमा सीमा पुन मगर, ६१ केजीमा क्रिजिना पुन मगर, ६८ केजीमा रिता थापा, ६८ केजी प्लसमा मनिषा सेन, महिला एकल कातामा कृति चौधरी छनोट भएका छन् । पुरुष ५० केजीमा विगन पुन, ५५ केजीमा यमेशन चौधरी, ६० केजीमा रनम घर्तीमगर, ६७ केजीमा अर्जुनकुमार बाघचन्द, ७५ केजीमा कृष्ण विष्ट, ८४ केजीमा आशकुमार घर्ती मगर र ८४ केजी प्लसमा हरिबहादुर घर्ती जिल्ला छनोटमा पर्न सफल भएका छन् ।

जिल्ला छनोटमा परेका टिम तथा खेलाडीले राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश नं ५ स्तरीय छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टेबलटेनिस सहायक प्रशिक्षक केशवप्रसाद श्रेष्ठले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!