‘ए’ डिभिजन लिग : नवौं चरणका खेल सोमबारदेखि

SHARE:

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् ।

सोमबार तीन तथा मङ्गलबार र बुधबार दुई÷दुई खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । सोमबार पहिलो खेल न्युरोड टीम (एनआरटी र हिमालयन शेर्पाबीच हुनेछ । एनआरटी जितविहीन रहँदै एक अङ्कका साथ लिगको पुछारमा छ । एघार अङ्कसहित हिमालयन शेर्पा सातौँ स्थानमा छ । सोमबार नै दोस्रो खेल सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । नौ अङ्कसहित सरस्वती नवौँ तथा सात अङ्कसहित जावलाखेल दशौँ स्थानमा छ । खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । सोमबार तेस्रो खेल सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । उपाधिको दाबेदार मानिएको सङ्कटा २१ अङ्कसहित तेस्रो स्थानमा छ । फ्रेन्ड्स क्लब पाँच अङ्का साथ ११औँ स्थानमा छ । सङ्कटा र फ्रेन्ड्सबीचको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।

मङ्गलबार एपिएफ र मछिद्र क्लबबीच पहिलो तथा च्यासल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो खेल हुनेछ । बुधबार नेपाल पुलिस र ब्रिगेड ब्वाइज तथा थ्रीस्टार र त्रिभुनव आर्मी क्लबीच खेल हुनेछ । सात पटकको लिग विजेता मनाङ तालिकाको शीर्ष स्थानमा छ । थ्रीस्टार र सङ्कटाले उसलाई उपाधि होडमा पच्छ्याइरहेका छन् । मनाङको २४ अङ्कसहित दोस्रो तथा थ्रीस्टार र सङ्कटा २१÷२१ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

त्यसैगरी त्रिभुवन आर्मी १८ अङ्कसहित चौथो तथा नेपाल पुलिस र च्यासल युथ क्लब क्रमशः १४ र १३ अङ्कका साथ पाँचौ र छैटौँ स्थानमा छन् । हिमालयन शेर्पा क्लब ११ अङ्कसहित सातौँ, १० अङ्कका साथ एपिएफ आठौँ, नौ अङ्कसहित सरस्वती नवौँ, सात अङ्कका साथ जावलाखेल दशौँ, पाँच अङ्कसहित फ्रेन्ड्स ११औँ, चार अङ्कसहित ब्रिगेड ब्वाइज १२औँ, तीन अङ््कका साथ मछिन्द्र १३औँ तथा एक अङ्कसहित न्युरोड टिम १४ औँ स्थानमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!