लन्डन । नेपाली दूतावासमा शुक्रबार ३ जुलाईमा ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’सम्पन्न भएको छ ।
नेपाल र बेलायतबीच व्यापार, लगानी, प्रविधि तथा आउटसोर्सिङ क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले जानकारी दिएका छन् । नेपाल र बेलायतका व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रह्यो ।
हालैका वर्षहरूमा नेपाली दूतावासले व्यापार, लगानी र प्रविधि केन्द्रित विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।






















