यी हुन् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनका उम्मेदवारहरु, संक्षिप्त जीवनीसहित

SHARE:

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय पदाधिकारीहरूका लागि निर्वाचन यही जुलाई ७ र ८ मा निर्वाचन हुँदै छ ।

नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा विभिन्न स्रष्टाहरुले उम्मेदवारी दिएका छन् । अनेसासको आगामी हुने निर्वाचनमा निर्वाचन प्रक्रियामा समावेश उम्मेदवारहरुबाट अनेसास निर्वाचन समिति २०२६-२०२८ मा प्राप्त भएका उम्मेदवारहरुको संक्षिप्त चिनारी यस्तो रहेको छ ।

अध्यक्षका उम्मेदवार : लालगोपाल सुवेदी
अनेसास केन्द्रीय कार्य समिति (सन् २०२६-२०२८) का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको छु । नेपाली भाषा र साहित्य विषयमा एम्. ए. तहको शिक्षा हासिल गरेको छु । २० वर्ष नेपाली भाषा र साहित्य पढाएँ । राजा र प्रधानमंत्रीहरूबाट पुरस्कारहरू पाएकाले र २१ वटा किताब प्रकाशित गरेकाले विश्वभरिका साहित्यकारहरूमाझ म चर्चित समेत भएको छु, चिनिन्छु ।
अनेसासका च्याप्टर र केन्द्रका तल्लो तहबाट क्रमश: उक्लिंदै उक्लिंदै केन्द्रको वरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्ष भई काम गर्ने पालो मेरै हो ।म नेपाली भाषा, साहित्य र अनेसासलाई नै विजयी बनाउने दौडमा छु । कृपया मतदानद्वारा विजयी गराइदिनुहोस् ।

अध्यक्षका उम्मेदवार : सरेन उप्रेती
सुरेन उप्रेती, पाँचथर, २४ बर्ष देखि क्यानडामा बसोवास । अध्यक्षको उम्मेदवार: २००४ अनेसास क्यानडाको संस्थापक अध्यक्ष, सल्लाहकार, २००६-२००८ अनेसास केन्द्रीय महासचिव, अनेसास वालसमितिको केन्द्रीय संयोजक । NRNA Canada को उपाध्यक्ष, NRNA केन्द्रको भाषा साहित्य सदस्य , संस्कृति समितिको क्षेत्रिय संयोजक उत्तरअमेरिका । कार्य:- २००५ बालकविता क्यालेण्डर, प्रतिध्वनी १-२ । कक्षा १-८ पाठ्यपुस्तक । अन्तर्देशीय कथासंग्रह,डिस्टेन्स सनरेज, डायस्पोरामा नेपालीसंस्कृति र संम्पदा, सम्झनामा कृष्णप्रकाश श्रेष्ठ,स्मारिका, १२ देशमा बालकविता क्यालेण्डर, संसारका १६६ जनाको बालकविता संग्रह, बक्तृत्वकला प्रतियोगिता अष्ट्रेलिया र उत्तर अमेरिकामा । योजना:- अनेसास भवन निर्माण, पठन संस्कृति, श्रव्य पुस्तक, जर्नल प्रकाशन, वेवपेज , अनलाईन भाषा कक्षा संचालन, साहित्य लेखनमा प्रशिक्षण, अनुवाद, साहित्यकार अभिलेख ।

वरिष्ठ उपाध्यक्ष : सुदीपभद्र खनाल
बासस्थान: भर्जिनिया अमेरिका
लेखन सुरूवात: २०४५, विधा: कविता , समीक्षा, हाइकू, कृति: चार प्रकाशित, नेपालका मुख्य प्रकाशनहरूमा रचनाहरू प्रकाशित, सम्पादन: मिर्मिरे साहित्यसौरभ छन्दसुधा छन्दगुन्जन, संलग्नता: दायित्व वाङ्मय प्रतिष्ठान, छन्दतरङ्ग, ANA, NRNA, अनेसास, अनेसासमा विगत २२ वर्षदेखि सकृय, च्याप्टरमा एकपटक उपाध्यक्ष , दुईपटक सल्लाहकार, केन्द्रमा एकपटक केन्द्रीय सदस्य र अर्कोपटक उपाध्यक्ष। हाल :वरिष्ठ उपाध्यक्षमा उमेद्वारी, पदमा नहुँदापनि कामगरिरहेको, अनेसासलेनै उत्कृष्ट काव्यपुरस्कार, वर्ष कवि २०१३ सन्मान दिइसकेको, उपाध्यक्ष रहँदा संस्थागतसुधार , समन्वय, साहित्यिक कार्यक्रम संयोजन, विश्वभरका छन्दकविहरूका प्रतिनिधि छन्द कविताहरूको ऐतिहासिक संकलन छन्दगुन्जन प्रकाशन, भेला र संगठन विस्तारको कार्यगरेको । विधान, केन्द्रीयभवन खरिद , नेपालमा क्षेत्रीय सचिवालय, संस्थालाई विश्वभरका नेपालीभाषीहरूको साझासंस्था बनाउन कृयाशील।

वरिष्ठ उपाध्यक्ष : तारा अधिकारी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको आसन्न निर्वाचनमा मैले वरिष्ठउपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छु। सन् २००६ देखि अनेसाससँग निरन्तर आबद्ध रहँदै च्याप्टर तथा केन्द्रका विभिन्न पदहरूमा रहेरजिम्मेवारी निर्वाह गर्ने सुअवसर प्राप्त गरेकी छु। हजुरहरूको आत्मीय साथ र विश्वास पाएमा यसयात्राबाट प्राप्त अनुभव तथा संस्थाप्रतिको प्रतिबद्धतालाई अझ प्रभावकारी ढंगले अनेसासकोहितमा उपयोग गर्ने र पूर्ण निष्ठा, इमानदारिता र सदस्यहरूबीच आपसी सहकार्यलाई आत्मसात्गर्दै आफ्नो पदको गरिमा र जिम्मेवारी निर्वाह गर्ने प्रण गर्दछु। यदि मेरो समर्पण, इमानदारिता र संस्थाप्रतिको लगावमा यहाँहरू विश्वास गर्नुहुन्छ भने कृपयाआफ्नो अमूल्य मत दिई मलाई वरिष्ठ उपाध्यक्ष पदमा विजयी गराउनुहुन सविनय अनुरोध गर्दछु।

उपाध्यक्ष : अग्नि पराजुली
अग्नि पराजुली, अनेसास केन्द्रीय उपाध्यक्ष (उत्तर अमेरिका क्षेत्र) पदको उम्मेदवार

उपाध्यक्ष : गीता बजगाईं
म गीता बजगाईं, उच्च शिक्षा स्नातकोत्तर (डिग्री)अनेसास निर्वाचन २०२६ को लागि केन्द्रीय उपाध्यक्ष (अमेरिका) पदको उमेदवार (वसोवास क्यालिफोर्निया सिलिकन भ्याली), पेसा -शिक्षक, सम्लग्नता- सन् २०१६ मा आजीवन सदस्यता ग्रहण तत्-पश्चात च्याप्टको सदस्य ,उपाध्यक्ष, अध्यक्ष हॅुदै केन्द्रमा बाल समिति ,महिला समिति ,नवरत्न पुरस्कार समितिको जिम्मेवारी सफलता पूर्वक पूरा गरेको छु त्यसै गरी एनआरएनमा च्याप्टर महिला संयोजक ,महिला उपाध्यक्ष साथै केन्द्रीय भाषा साहित्य समिति सदस्यको भुमिका निर्वाह गरिसकेकी छु,
कृतिहरू: बाल साहित्यिक पुस्तकहरू, नेपाली भाषा पाठ्यपुस्तकको सह लेखन , पॅाचवटा गीति एलबमहरू, एक मुक्तक संग्रह प्रकासित भैसकेका छन् भने केही पुस्तक प्रकाशोन्मुख छन्। मलाई कृपया मतदान गरिदिनु होस्।

उपाध्यक्ष : शकुन ज्ञवाली
म शकुन ज्ञवाली,अनेसास केन्द्रीय उपाध्यक्ष (उत्तर अमेरिका क्षेत्र) पदको उम्मेदवार । मेरो प्रतिबद्धता पद होइन, सेवाप्रति हो। अनेसासको संस्थागत सुदृढीकरण, पारदर्शी र उत्तरदायी नेतृत्व, केन्द्र–च्याप्टर समन्वय, नेपालस्थित सम्पर्क डेस्कको सशक्तीकरण तथा भवन निर्माण अभियानमा सक्रिय योगदानको लागि हो । नेपाली भाषा, साहित्य र संस्कृतिलाई डायस्पोराको पहिचान बनाउँदै अनलाइन भाषा कक्षा, बालसाहित्य, नयाँ पुस्तामुखी कार्यक्रम, कृति विमोचन, समीक्षा र साहित्यिक संवादलाई निरन्तरता दिने नै हो । आजीवन सदस्य, स्रष्टा र शुभेच्छुकहरूको अपनत्व, सहभागिता र एकतालाई संस्थाको सबैभन्दा ठूलो शक्ति बनाउँदै अनेसासलाई थप समावेशी, गतिशील र प्रभावकारी बनाउने मेरो अटल संकल्प पनि हो ।

महासचिव : राजु सिटौला
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यसमितिको आसन्न निर्वाचनमा महासचिव पदका लागि परेको मेरो उम्मेदवारीमा यहाँहरूको अमूल्य मत प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु। अनेसास कोलोराडो शाखादेखि केन्द्रीय कार्यसमितिसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा पदीय दायित्व, इमानदारी, पारदर्शिता र समर्पणलाई मार्गदर्शक बनाउँदै नेपाली भाषा, साहित्य र वाङ्मयको संरक्षण, प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा सक्दो योगदान गर्ने प्रयास गरेको छु। यही अनुभव र परिपक्वतालाई आधार बनाएर आगामी दुई वर्ष अनेसासलाई अझ प्रभावकारी, समन्वयात्मक, उत्तरदायी र गतिशील नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

महासचिव : सहदेव कोइराला
नमस्कार, मेरा योजनाहरू: (१)विधान अनुसार महासचिबको कार्यहरू गर्ने। (२)प्रत्येक आजीवन सदस्यहरूको फोटो सहितको बिबरण तयार गरी वेबसाईडमा राख्ने। (३)हरेक महादेसमा १।१ जना सचिबको थप ब्यबस्था गर्ने। (४)च्याप्टरहरूको सक्षम ब्यवस्थापन,आर्थिक पारदर्शिता र पुस्तान्तरण गर्ने ।
विनित, सहदेव कोइराला, महासचिबको उम्मेदवार, कवि,लेखक,गीतकार,संगीतकार,गायक, कलाकार,समाजसेवी।
शिक्षा:MS(USA),PG(UK),MPA,MA,BL(Nepal). पुरस्कार र सम्मान:गोरखा दक्षीण बाहु,दैवी प्रकोप उद्धार पदक,रेडियो नाटक महोत्सव पुरस्कृत (लेखक तथा निर्देशन),रेडियो नेपाल बालगीत सम्मेलन,२०४१ प्रथम । प्रकाशित कृतिहरू:सामान्य ज्ञान २०५०,निम्तो कविता संग्रह २०७६,खोज्दा खोज्दै गीत संग्रह २०८१। आफ्नो अमूल्य VOTE दिएर विजयी बनाएर सेवा गर्ने मौका प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछु।

सदस्य : डा. कृष्ण शाह यात्री
म पैँतिस वर्षदेखि लेखन, अनुसन्धान, प्राध्यापन र नाट्यनिर्देशनमा सक्रिय छु । मेरा ७ नाटकसंग्रह, ६ बालनाटकसंग्रह, ३ लघुकथासंग्रह, ७ नाट्यअनुसन्धान, २५ बालसाहित्यका कृतिहरू प्रकाशित छन् । मेरा कृतिहरू त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका पाठ्यक्रममा समावेश छन् । म युवा वर्ष मोती पुरस्कार, भीमनिधि तिवारी नाट्य पुरस्कार, प्रतिभा पुरस्कार, सर्वश्रेष्ठ नाटक निर्देशक पुरस्कारलगायतबाट पुरस्कृत भएको छु । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान (प्राज्ञ सदस्य), सांस्कृतिक संस्थान÷सान (अध्यक्ष), हसासने, अनेसास, लघुकथा समाज, ज्योतिपुञ्ज, नागार्जुन, बालसाहित्य समाज आदिमा मेरो लामो कार्यानुभव छ । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण, अभिलेखीकरण, डिजिटल पुस्तकालय, भाषा र लिपिमा युवा सहभागिता, सबैको अनेसास मेरा मूल प्रतिबद्धता हुन् ।

सदस्य : डा. पारसमणि दंगाल
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गरिमामय केन्द्रीय निर्वाचनमा मैले केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु। भारतको माटोमा रहेर भाषा, साहित्य र पत्रकारितामा समर्पित रहँदै सन् २०१३ देखि अनेसासको विश्वव्यापीकरण अभियानमा म निरन्तर क्रियाशील छु। विश्वभरि छरिएका नेपाली मनहरूलाई भाषा र संस्कृतिमार्फत जोड्नु नै मेरो संकल्प हो। यो उम्मेदवारी केवल पदको आकांक्षा नभई नेपाली वाङ्मयको क्षितिज फराकिलो बनाउने र संस्थामा रचनात्मक ऊर्जा भर्ने प्रण हो। अनेसासलाई प्राज्ञिक मर्यादा र समावेशी भावनाका साथ जीवन्त साझा चौतारी बनाउन यहाँहरूको अमूल्य मत, सद्भाव र विश्वासको हार्दिक अपेक्षा गर्दछु।

सदस्य :हरिमाया अधिकारी
म हरिमाया अधिकारी, जन्मस्थान- धनगढी कैलाली, सेती, नेपाल । सानु उमेर देखी नै साहित्य र संगीत दुबैमा रुची थियो । मेरो कक्षा ११ र १२ मा मेजर नेपाली विषय रहनुका साथै मेरा गुरु माधव वियोगी (पोखरा) हुनु हुन्थ्यो । कैलाली बहुमुखी क्याम्पसमा हामी साहित्यिक कार्यक्रमहरुको आयोजना गरी रहन्थ्यौं । कक्षा १२ को परिक्षा सकेर म संगीत अध्ययनका लागी बनारस तिर प्रस्थान गरें । परदेशमा त झनैं स्वदेशको भन्दा पनि बढी आफ्नो भाषा संस्कृति प्रति मायाँ हुदो रहेछ । मलाई त्यहाँ पनि साथिहरुले निमन्त्रण गर्न थाल्नु भयो र हामी सबै मिलेर ठूला ठूला कार्यक्रमहरुमा भाग लिने अवसर प्राप्त भयो ।

सदस्य : महेश्वर पन्त, सदस्य पदका उम्मेदवार

सदस्य : मीरा कोइराला (सदस्य पदका उम्मेदवार)
म हाल एटलान्टा, जर्जिया, अमेरिकामा बसोबास गर्दै पेशाले शिक्षिका हुँ। नेपाली भाषा, साहित्य र समाजसेवामा निरन्तर सक्रिय रहँदै भानु पुस्तकालय स्थापना गर्ने अवसर पाएको छु। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को केन्द्रीय बाल समिति तथा क्षेत्रीय समितिमा रहेर कार्य गरेको अनुभवका साथै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन–२०२६ को संयोजकका रूपमा जिम्मेवारी निर्वाह गरेकी छु। हाल अनेसास जर्जिया च्याप्टरको अध्यक्ष (२०२३–२०२५ र २०२५–२०२७) का रूपमा दोस्रो कार्यकालमा कार्यरत छु। यहाँहरूको अमूल्य मत, विश्वास र साथले संस्थाको हितमा इमानदारी, निष्पक्षता र समर्पणका साथ सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु।

सदस्य : निलकण्ठ सुवेदी
आसन्न अन्तर्राष्टिय नेपाली साहित्य समाजको निर्वाचन- २०२६-२०२८ का लागि अमेरिकाको भर्जिनियाबाट म नीलकण्ठ सुवेदी केन्द्रीय कार्य समितिको सदस्यका पदका निमित्त उम्मेदवारका रूपमा प्रस्तुत भएको छु ।नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिको श्रीवृद्धि हाम्रो लक्ष्य हो । संस्थाको उद्देश्य पूर्तिका लागि म केन्द्रिय सदस्य पदमा प्रत्याशी भएको हूँ । हजुरको अमूल्य मतको अपेक्षा राखेको छु । यहाँहरूको सहयोग, सद्भाव र शुभेच्छाबाट अनेसासमा काम गर्ने सुअवसर उपलब्ध हुनेछ भन्नेमा म विश्वस्त छु । डीसी मेट्रोको अध्यक्ष भइ अनेसासमा काम गरेको अनुभवलाई साझा गरि सवल र समृद्ध अनेसास बनाउँने प्रतिबद्धता जाहेर गर्दछु ।

सदस्य : पिपलमणि सिग्देल
सिन्धुपाल्चोक, नेपालमा जन्मनुभएका पीपलमणि सिग्देल सन् २००८ देखि न्यूयोर्क, अमेरिकामा रहँदै नेपाली भाषा, साहित्य र संस्कृतिको सेवामा सक्रिय हुनुहुन्छ। उहाँले नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य र शास्त्री तथा त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर, पत्रकारिता र शिक्षा शास्त्रको अध्ययन गर्नुभएको छ। उहाँका प्रकाशित कृतिहरूमा ‘आँकुरा पुञ्ज’ र ‘विचार पुञ्ज’ पर्छन्। पूर्व प्राध्यापक सिग्देल एनआरएनए अमेरिकाको भाषा–साहित्य समितिका संयोजक रहनुभएको थियो। अनेसासलगायत विभिन्न साहित्यिक संस्थामा सक्रिय उहाँ नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आउनुभएको छ।

सदस्य :राजेन्द्र केसी
हाल अनेसास नेपाल च्याप्टरको अध्यक्ष तथा सन् २०१४ देखि अनेसासको सेवायात्रामा निरन्तर सक्रिय म राजेन्द्र के.सी. केन्द्रीय सदस्य पदमा तपाईंहरूको अमूल्य मतको विनम्र अनुरोध गर्दछु ।
नेपालमा स्थायी सम्पर्क सचिवालय स्थापना, विश्वभरका नेपाली स्रष्टाबीच सशक्त सहकार्य, नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विश्वव्यापी विस्तार, नयाँ पुस्ताको सहभागिता, डिजिटल अनेसास तथा पारदर्शी, समावेशी र उत्तरदायी संस्थागत संस्कृतिको विकास गर्दै ‘संस्था पहिले, व्यक्ति पछि’ भन्ने मूल्यमान्यतालाई व्यवहारमा उतार्ने मेरो दृढ प्रतिबद्धतामा साथ दिनुहोस् । तपाईंको अमूल्य मत अनेसासको उज्ज्वल भविष्य निर्माणको बलियो आधार बन्नेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!