करातेमा नेपाललाई सात स्वर्ण

SHARE:

काठमाडौँ । भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सात स्वर्ण जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो नक्सालका खेलाडीले सात स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेका हुन् । नेपालका तर्फबाट रेहान जावेदले कुमिते तथा एकल कातामा दोहोरो स्वर्ण प्राप्त गर्न सफल भए । उनले कुमितेमा पहिलो चरणमा आयोजक भारतलाई ४–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा बङ्गलादेशलाई ८–० र फाइनलमा श्रीलङ्कालाई ८–० ले हराउँदै स्वर्ण जितेका हुन् ।

पुरुष सिनियर ७५ किलो तौल समूहमा सोनम बलामीले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाए । उनले सेमिफाइनलमा श्रीलङ्कालाई ५–० अन्तरले हराउँदै फाइनलमा भारतलाई ४–१ ले पराजित गर्दै स्वर्ण जिते । यसैगरी महिलातर्फ सिनियर ५५ किलो तौल समूह र एकल कातामा रश्मिता श्रेष्ठले दोहोरो स्वर्ण हात पारिन् भने महिला खुल्ला तौल समूहमा पनि रश्मिताले जापानसँग कडा प्रतिस्पर्धा गर्दै ८–१ ले पराजित हुँदै रजतमा चित्त बुझाइन् । यस्तै महिला ५० किलो तौल समूहमा दिलाशा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाइन् । उनले सेमी फाइनलमा भारतलाई ३–१ ले र फाइनलमा भारतकै खेलाडीलाई ४–२ ले हराउँदै स्वर्ण पदक दिलाइन् । त्यसैगरी वाङचुक तामाङले पुरुषका एकल कातामा स्वर्ण जिते । उनले पहिलो चरणमा श्रीलङ्कालाई ३–१ र फाइनलमा बङ्गलादेशलाई ४–१ ले हराउँदै स्वर्ण पदक जितेका थिए ।

पुरुषतर्फकै सिनियर ५५ किलो तौल समूहमा रामविश्वास राउत कुर्मीले सेमी फाइनलमा भारतलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गरेका थिए भने फाइनलमा श्रीलङ्कासँग २–१ ले पराजित हुँदै कास्य पदकमा चित्त बुझाए । सो प्रतियोगितामा सहभागी हुन नेपाल सितोरियो कराते सङ्घका सचिव तथा प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीको नेतृत्वमा १४ सदस्यीय टोली गत शनिबार भारतको मुम्बई गएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!