बमको विकल्प केही छैन ?

SHARE:

आइतबार काठमाडौंमा भएको बम विष्फोटले फेरि पनि एकपटक राजधानी त्रसित बनाइदिएको छ । अझ क्षतविक्षत स्थितिमा चारजनाको ज्यान नै गएपछि यो त्रास बढ्नु अस्वाभाविक भएन । राजधानीको स्थितिमा आएको यो त्रासले फेरि पनि द्वन्द निम्तदै त छैन भन्ने प्रश्न खडा गरिदिएको छ ।

सुरक्षाका हिसाबले अति संवेदनशील मानिएको सिंहदरवारकै नजिक अनामनगरमा भएको विष्फोटले सुरक्षा संयन्त्रमाथि थप प्रश्न उब्जाएको छ । सुरक्षा निकायको जासुसी संयन्त्र कति कमजोर रहेछ भन्ने कुराको पुष्टि पनि गरेको छ । सिंहदरवारकै आडमा यस्तो किसिमको हर्कत भइरहँदा अत्तोपत्तो नपाउने सुरक्षा जासुसी संयन्त्र हावामा रहेछ भन्ने पनि देखिन्छ । अझ सिंहदरवारको दक्षिण गेटमै रहेको राष्ट्रिय अनुसन्धान विभागमाथि गम्भीर प्रश्न उठेकै छ ।

जेठ १३ गते सोमबारको नेपाल बन्द सफल पार्नका लागि तयार पार्दै गर्दा विप्लव माओवादीका कार्यकर्ताहरुको मृत्यु हुन पुगेको छ । बन्दको पूर्वसन्ध्यामा विष्फोट गराउने र त्रास फैलाएर १३ गतेको बन्द सफल पार्ने योजनामा रहेको पुष्टि भएको छ । बममा टाइमर राख्नका नजानेका कारण यो घटना भएको देखिन्छ । कतिपय नेता कार्यकर्ताहरु पक्राउ परेकाा छन् । पक्राउ परेकाहरुबाट थप तथ्य खुल्दै जाने अपेक्षा गर्न सकिन्छ ।

तर, फेरि पनि विष्फोटको राजनीति नेपालमा सम्भव छ ? खासमा केका लागि फेरि विष्फोट, हत्या र आतंक ? जनजनले सोधेको प्रश्न हो यो । राज्य आतंक मच्चाएर देश वर्वाद पार्ने कसैलाई छुट छैन । विगतमा भएको जनयुद्धले देश कति पछि धकेलियो ? सबैलाई हेक्का भएकै विषय हो । अझ देशले राजनीतिक परिवर्तन, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि त्यो युद्धको एक अर्थमा राम्रो मान्न सकिएला । तर, हजारौंको बलिदानीलाई पक्कै पनि राम्रो मान्न सकिन्न । त्यसैले फेरि पनि हत्या, हिंसा, आतंकको राजनीति पक्कै पनि उचित हुन सक्दैन । यसको विकल्प खोज्नैपर्छ ।

राजनीति गर्ने हो भने राजनीतिक चरित्र प्रस्तुत हुनैपर्छ । राजनीतिक रुपमा नेकपा माओवादी विप्लब समूहलाई राज्यले पनि हेर्नुपर्छ । विप्लबका जायज माग छन् भने सम्बोधन गर्नुपर्छ । जनताको पक्षमा, जनजीविकाको सवालमा राज्य अनुदार बन्न सुहाउँदैन । त्यसैले राज्यको हरेक पक्षलाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । बम र बन्दको विकल्प खोज्नैपर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!