काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । बुधबार बिहान आएको बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चीनतर्फबाट आएको ठूलो बाढीले रसुवाको टिमुरे बजारमा ठूलो क्षति पुर्याएको छ ।
बाढी/पानीको बहाब उच्च रहेकोले रसुवा जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका कार्यालय/आयोजना/मानवीय बस्ती सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
यस्तै बाढीपछि त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने सम्पूर्णमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले अपिल गरेको छ ।






