देउवाले गरे एकलौटी पदाधिकारी मनोनयन

SHARE:

काठमाडौँ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधबीच सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी मनोनयन गरेका छन् । निर्वाचित केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा देउवाले प्रस्ताव गरेको मनोनयन प्रस्ताव पारित भएको छ ।

उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गरिएको छ ।

विधान अनुसार सभापतिले मनोनयन प्रस्ताव राख्ने र निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नुपर्छ । निर्वाचित कार्यसमितिमा सभापति देउवापक्षमा सुविधाजनक बहुमत छ ।

वरिष्ठ नेता पौडेल पक्षले भने सभापति देउवा विधानको व्यवस्था र सहमति विपरीत अघि बढेको भन्दै बैठक बहिष्कार गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता महेश आचार्यले विधानको व्यवस्था र सहमति विपरीत मनोनयन गरिएको भन्दै आफ्नो धारणा राखेर बैठक बहिष्कार गरे ।

पौडेल पक्षले विधानको व्यवस्था निलम्बन या बाधा अड्काउ नफुकाई पदाधिकारी मनोनयन गर्न नमिल्ने तर्क गरेको छ । विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारीको मनोनयन गर्नुपर्ने व्यवस्था छ । सभापति देउवा १३ औं महाधिवशेनबाट सभापति निर्वाचित भएको दुई वर्ष बढी भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!