ज्ञान, विज्ञान र प्रबिधि

अल्डरसटमा सेल्फ कोचिङ, प्रशिक्षक इन्द्र गुरुङ

लन्डन भदौ २६ । बेलायतको अल्डरसटमा तीन दिने सेल्फ कोचिङ सुरु हुँदैछ । मास्टर कोन्सिकोन्सेस कोच इन्द्र गुरुङले प्रशिक्षण दिने सेल्फ कोचिङ शुक्रबारदेखि सुरु हुने माउस्टेल र अल्डरसट एम्पावरमेन्टका निर्देशक मान गुरुङले जानकारी दिए ।

६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का

हसियोल । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा

कोरोना परीक्षणको रिपोर्ट मोबाइलमा

चितवन । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा

युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान

युट्युबलगायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला

ट्रमविरुद्ध मुद्दा हाल्ने विच्याटका प्रयोगकर्ताको तयारी

लस एन्जलस । चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा विच्याटमाथि प्रतिबन्ध लगाउने

आणविक ऊर्जामार्फत यूएईमा विद्युत् उत्पादन

दुबई ५ भदौ । राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गर्न थालेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ । राज्य संचालित समाचार समिति वामका अनुसार

टिकटक किन्‍ने ट्विटरको इच्छा

अमेरिका । अमेरिकी कम्पनी ट्विटरले टिकटक खरिद गर्ने इच्छा व्यक्त गरेको छ । अमेरिकामा टिकटकको कारोबार खरिद गर्ने इच्छा व्यक्त गर्दै ट्विटरले टिकटकको मातृ कम्पनी बाइटडान्ससँग वार्ता अघि बढाएको समाचार सार्वजनिक भएको छ । अघिल्लो

युट्युब हेर्दै खानाका परिकार बनाउन सिक्दै

कपिलवस्तु । वाणगङ्गा नगरपालिका–४ की अस्मिता कुँवरले लकडाउन सदुपयोग गर्दै ढाकाका कपडा बुनिरहेका छन् । कुँवरलाई कपडा सिलाइको व्यस्तताले गर्दा समय बितेको पत्तो छैन । बुद्धभूमि नगरपालिकाका–४ का विनोद केसीलाई भने यस समयमा खूब अध्ययन

फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव

चितवन । भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ । सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण

ई सेवा चलाउन ‘रिफर’ गर्दा रु ८० बोनस पाइने

काडमाडौं । भुक्तानी सेवाप्रदायक ई सेवाले आफ्ना ग्राहकका लागि ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । कोभिड–१९को प्रकोपका कारण सबै जना घरमा बसिरहेको अवस्थामा यो अफरबाट ई सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिने

टेलिकमले शतप्रतिशत बोनस दिने

कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी

डाक्टरभन्दा गुगलको आर्टिफिसियल इन्टेलिजेन्स प्रभावकारी

गुगलले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स, एआइ सिस्टमले डाक्टर भन्दा सही रुपमा स्तन क्यान्सरको पहिचान गर्न सक्ने बताएको छ । क्यान्सरका अनुसन्धानकर्ता र प्राविधिक कम्पनीले संयुक्त रुपमा निर्माण गरेको सो सिस्टम क्यान्सर पहिचानको विषयमा कति ठीक

error: Content is protected !!